आमाबुवाको बीभत्स हत्यापछि प्रहरीको १०० नम्बरमा छोराको कल !

alt
  • बैशाख २६, २०७७
  • अपराध न्यूज

बिहीबार साँझ ६.३० मा जिल्ला प्रहरी कार्यालय तेह्रथुमको हटलाइन नम्बर १०० मा कल आउँछ ।

प्रहरी कार्यालय हो ?

युवक : ‘मैले मेरो बुवा र आमालाई बन्चरोले हानेर मारे ! मलाई खोज्नु पर्दैन म प्रहरी कार्यालय आफै आउँदै छु’ ।

१०० नम्बरमा आफ्नै बुवा आमालाई मारे भनेर कल आएपछि ‘कन्ट्रोल रुम’ मा बस्ने प्रहरी चकित परे । लगतै जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी नवीन किशोर प्रधानलाई फोनको विषयमा जाहेर गरियो ।

डिएसपी प्रधानले अनुसन्धान अधिकृत प्रहरी निरीक्षक तेजबहादुर दाहाललाई कलको भेरिफाई गर्न निर्देशन दिए ।

फोन गर्ने व्यक्तिले घटनास्थलको ठेगाना समेत दिएका कारण प्रहरीलाई घटनाको वास्तविकता बुझ्न बढी समय लागेन । फोन आएको करिब ३० मिनेटमा प्रहरी चौकी सम्दुको प्रहरी टोली घटनास्थल पुग्छ ।

प्रहरीको टोलीले तेह्रथुम फेदाप गाउँपालिका–५ इसिबु ठेगाना रहेका रूपबहादुर लिम्बुको घरमा रूपबहादुर र उनकी श्रीमती रुपेनीको घर भित्र बीभत्स शव भेटाउँछ।  रगतले लतपतिएका दुवैको शव नजिक लिम्बु परिवारका ६ महिने बालिका रोइरहेकी थिइन् ।

फोनमा भने अनुसार दुवैको टाउको, पेट र गर्दनमा धारिलो हतियार प्रहार भएको थियो । घटनामा प्रयोग भएको बन्चरो घर नजिकको बारीमा प्रहरीले भेटाउँछ ।

यता प्रहरीले घटनास्थलमा ‘सिल’ गरेपछि फोन गर्ने व्यक्तिको खोजतलासमा प्रहरी जुट्छ । १०० मा कल गरेर प्रहरी कार्यालय आफै आउने भनेका व्यक्ति हत्या भएकै लिम्बु परिवारका छोरा भएको प्रहरीले पुष्टि गर्छ ।

नभन्दै घटनास्थलदेखि करिब डेढ किलोमिटर टाढा मृतकका १८ वर्षीय छोरा कञ्चन लिम्बु बाटोबाटै प्रहरी नियन्त्रणमा आउँछन् ।

Body ती युवकले प्रहरी देख्न साथ ‘फोन गरेर आमाबुवाको हत्या गर्ने मै हुँ हजुर’ भन्दै आत्मसमर्पण गर्छन् ।

यसरी १०० मा कल गर्ने ती युवक घटना घटेको डेढ घण्टा भित्रै प्रहरी नियन्त्रणमा आउँछन् । प्रहरीका अनुसार ती युवक रातारात हिँडेरै जिल्ला प्रहरी कार्यालय तेह्रथुम आउने तरखरमा थिए ।

पारिवारिक कलह करण

आमाबुवाको हत्या गर्ने कञ्चन, लिम्बु परिवारको पहिलो पट्टिका सन्तान हुन् । आफ्नै आमा अर्कोसँग विवाह गरेपछि रूपबहादुरले दोस्रो श्रीमतीका रूपमा रुपेनीलाई  दुईवर्ष अघि मात्र घर भित्राएका थिए ।

रुपेनी तर्फको ६ महिनाकी छोरी छिन् । फेदाप गाउँपालिका ५ का वडाध्यक्ष टेक बहादुर तामाङका अनुसार लिम्बु परिवारमा सौतेनी आमा भित्रिएपछि कञ्चन र आमाबुवा बिच धेरै पटक विवाद हुने गरेको बताउँछन् ।

गाउँ छिमेकले पनि धेरै पटक उनीहरूको विवाद मिलाएको अपराध न्युजसँग उनले बताए ।

‘७ कक्षा पढेर कञ्चन गाउँ घरमा ज्याला मजदुरी काम गर्थे, घरमा उनलाई सौतेनी आमाले राम्रो व्यवहार नगरेको भनेर साथी भाइलाई सुनाउँथ्यो’ तामाङ भन्छन् ‘सायद त्यही कारण हत्या भएको हुन सक्छ’ ।

हत्यापछि ६ महिनाकी छोरीलाई आफन्तको जिम्मा लगाएको वडाध्यक्ष तामाङले टेलिफोनमा जानकारी दिए ।

Ghar यता जिप्रका तेह्रथुमका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक तेजबहादुर दाहालले पनि पारिवारिक कलहको कारण हत्या भएको बताए ।

प्रहरीको बयानमा पनि युवकले घरमा आमा बुवासँग धेरै पटक झैँ झगडा हुने गरेको बताएका छन् ।  हत्या गरिएका दुवै जनाको शव पोस्टमार्टम गरी शुक्रवार दाहसंस्कार गरिएको छ ।

 

सम्बन्धित समाचारहरु

किन छाड्दै छन् जागिर ...

३० वर्ष सेवा अवधि सकेर अनिवार्य अवकाश लिई सकेपछि सेवा सुविधा लिन भनेर  हेडक्वार्टर गएँ। त्यहाँ& ...

झापामा पुरुष बलात्का ...

झापाको कनकाई नगरपालिका–७ स्थित बिरीङ नदीको लुकुनी खाडीमा शनिवार दुई जना पुरुष मिलेर एक पुरुषला ...

अवैध गोरु तस्करीमा प ...

लोड गरेर लैजाँदै गरेको अवस्थामा तीनवटा ट्रकसहित प्रहरीले मोरङबाट तस्करीका ६७ वटा गोरु मंगलबार नियन्त ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved