आमाको हत्या गर्ने छोरा सार्वजनिक

alt
  • असार २०, २०७६
  • अपराध न्यूज

सप्तरीको सुरुङ्गा नगरपालिका–१ चहकास्थित ६४ वर्षीया धनमाया पुलामी मगरको आफ्नै छोराले हत्या गरेको भन्दै सप्तरी प्रहरीले शुक्रबार अभियुक्तलाई सार्वजनिक गरेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ परेका मृतककै छोरा ३४ वर्षीय रिठ्ठे भनिने जंगबहादुर पुलामी मगरलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले हत्या आरोपमा बिहीबार साँझ खुकुरीसहित उनकै छोरा जंगबहादुरलाई पक्राउ गरिएको जानकारी दिए ।

दुबै हातमा खुकुरी लिएर धम्क्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भेडियाको टोलीले उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक प्रकाश बस्नेतले जानकारी दिए ।

खुकुरी प्रहारले गर्धनसहित टाउको पछाडी तीन ठाउँमा र अनुहारमा दुई ठाउँमा काटिएको रक्ताम्य अवस्थामा धनमायाको शव घरमै फेला परेको थियो ।

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved