ह्यामरले हानेर बाबुले गरे छोराको हत्या

alt
  • बैशाख ११, २०७६
  • अपराध न्यूज

दोलखा जिल्लाको शैलुङगेश्वर गाउँमा बाबुले छोराको हत्या गरेका छन्। शैलुङ गाउँपालिका ४ बस्ने २२ बर्से वेदबहादुर केसीलाई उनकै बाबु चुडाबहादुरले हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

मृतक केसी जन्मजातै कान नसुन्ने बिरामी थिए। प्रहरीका अनुसार वैशाख २ गतेदेखि हराइरहेका केसी बुधबार गाउँ नजिकैको खहरे खोलामा मृत भेटिएका हुन्।

जिल्ला प्रहरीका इन्सपेक्टर रेसम बोहोराका अनुसार मृतक वेदबहादुर बिरामी रहेको र जताततै दिसा पिसाब गरेर फोहोर गर्दै हिँड्ने साथै २ गतेको उक्त दिन समेत घरमा फोहोर गरेपछि आवेशमा आएका बाबु चुडाबहादुरले ह्यामरले हानेर छोराको हत्या गरेका थिए।

टाउकोमा ह्यामरको चोट लगतै सख्त घाइते भएका केसीको घटनास्थलमै मृत्यु भएको र उनको शव ब्ल्यांकेटमा पोको पारी नजिकको खहरे खोलामा लगेर फालिएको बयान प्रहरीसामु बाबु चुडाबहादुरले दिएका छन्।

सम्बन्धित समाचारहरु

नेपाल छिरेर गाँजा तस ...

ठूलो परिणामको लागुऔषध गाँजासहित प्रहरीले सुनसरीबाट ३ जना भारतीय नागरिकलाई शनिबार राति पक्राउ गरेको छ ...

मापसे गरेका श्रीमानक ...

मोरङको पथरीशनिश्चरेमा मादक पदार्थ सेवन (मापसे) गरेका श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। पथर ...

२० वर्षअघि युवतीको घ ...

२०५८ साल तत्कालीन माओवादीको शसस्त्र आन्दोलन चर्किरहेको बेला इलामको सूर्योदय नगरपालिका– ३ जील ( ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved