प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरीमा पाँच हजार २७४ जना सुरक्षाकर्मी परिचालित भएका छन् । यस्तै, चार हजार ७ सय २८ जना कर्मचारी खटाइएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सुनसरी जिल्लामा भयरहित तथा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्नका लागि नेपाल प्रहरी १,५८१, सशस्त्र प्रहरी ७३९, नेपाली सेना ४४०, म्यादी प्रहरी २,४९५ जना र राष्ट्रिय अनुसन्धानबाट १९ जना गरी जम्मा ५ हजार २ सय ७४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यस्तै, जिल्लामा ४ हजार ७ सय २८ जना कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी गरी जम्मा ८ जनाका दरले कर्मचारी खटाइएको छ ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved