श्रीमान श्रीमतीनै मिलेर ब्राउन सुगरको कारोबार !

alt
  • श्रावण २३, २०७९
  • अपराध न्यूज

इटहरी ४ की २७ वर्षीय सृजना ओझा स्टाफ नर्स हुन् । उनी केही वर्ष अघिसम्म इटहरीकै एपेक्स अस्पतालमा कार्यरत थिइन । श्रीमान् हाल लागुऔषध केशमा पूपक्षको लागि मोरङ कारागारमा छन् । श्रीमान् कारागार चलान भएयता सृजना ब्राउन सुगर सेवन गर्नुको साथै कारोबारमा संलग्न भएको इटहरी प्रहरीलाई सूचना थियो ।

इटहरी ४ कै २८ वर्षीय सुशान्त घिमिरे पनि सृजनालाई यो कार्यमा निकै लामो समयदेखि साथ दिदैं आएका थिए । इटहरी प्रहरीलाई सृजना र सुशान्त इटहरी ६ आइतबारे स्थित भाटे एन्ड खाजा घरमा ब्राउन सुगर कारोबार गर्ने उद्देश्यले बसेको सूचना आएपछि प्रहरी निरीक्षक भीम खड्का नेतृत्वको प्रहरी टोलीले दुवैलाई साउन २० गते साँझ पक्राउ गर्यो । पक्राउ गर्ने क्रममा सृजनाले बोक्ने पर्सबाट १ ग्राम १५० मिली ग्राम ब्राउन सुगर र केही नगद बरामद भयो ।

सृजनाको पर्सबाट बरामद भएको ब्राउन सुगर प्रयोगकर्ता वा कारोबारीहरूको भाषाले ‘एक डोज धुलो’ भेटिएको हो । सृजनाको साथबाट भेटिएको ब्राउन सुगर निकै कम परिणामको भए पनि उक्त ब्राउन सुगर उनले सेवन गर्न वा बिक्री गर्न राखेको विषयमा अनुसन्धान भइरहेको छ । यद्यपि सृजना र सुशान्त ब्राउन सुगर प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

प्रहरी निरीक्षक खड्काले दुवैलाई नियन्त्रणमा लिई यसको मुख्य कारोबारीसम्म पुग्ने योजना बनाए । सोही योजना अनुसार सृजना र सुशान्तबाट बरामद भएको ब्राउन सुगरको ‘कनेक्सन’ खोतल्न थालियो ।

इटहरीमा पछिल्लो केही वर्षयता ब्राउन सुगरको कारोबार बढेको हो कि भन्ने साझा चिन्ता छ। ‘हामीले यसको मेन नेक्सस सम्म पुग्नै पर्छ भनेर अनुसन्धान थाल्यौ, खड्काले अपराध न्युजसँग भने, ‘दुवै जना मार्फत एउटा क्लु भेटायौ ।’

पक्राउ परेको सृजना र सुशान्तले इटहरी ५ मादेन मार्ग टोलमा डेरा गरी बस्ने वर्ष ३४ को विर्तसिंह राई र उनको श्रीमती वर्ष ३५ की पवित्रा राईबाट साथमा बरामद भएको ब्राउन सुगर खरिद गरेको खुलाए । लगतै प्रहरीले मुख्य कारोबारी विर्तसिंह राईलाई पक्राउ गर्दा उनको साथबाट ब्राउन सुगर समेत बरामद भयो ।

‘मुख्य कारोबारी विर्तसिंह भएको खुलेपछि उनलाई डेराबाटै नियन्त्रणमा लियौ’ प्रहरी निरीक्षक खड्काले भने ‘संयोगवश उनको साथबाट ६ ग्राम ७६० मिली ग्राम ब्राउन सुगर बरामद भयो ।’ पछि डेरा खानतलासी गर्दा करुवा भित्र लुकाइ राखेको थप ३३ ग्राम ०९० मिलिग्राम ब्राउन सुगर बरामद भयो ।

‘मुख्य कारोबारीको साथमा बढी परिणामको ब्राउन सुगर बरामद हुनसक्छ भन्ने हाम्रो अनुमान थियो, ठ्याक्कै ठुलो परिणामको ब्राउन सुगर बरामद भयो’ खड्काले भने ।

विर्तसिंहको कोठाबाट ब्राउन सुगर जोखेर बिक्री वितरण गर्न प्रयोग गर्ने डिजिटल तराजु एक थान र नगद २७ हजार रुपैयाँ नगद समेत बरामद भयो । सृजना र सुशान्तले विर्तसिंहसगै उनकी श्रीमती पवित्रा राईबाट पनि ब्राउन सुगर खरिद गरेको आधारमा प्रहरीले पवित्रा राईलाई पनि पक्राउ गरेको छ ।

विर्तसिंह ७-८ महिना अघि मात्र विदेशबाट नेपाल आएका थिए । नेपाल आएर श्रीमान् श्रीमती नै ब्राउन सुगरको कारोबारमा लागेको प्रहरीले जनाएको छ ।  सृजनाको बयानको आधारमा विर्तसिंह नभएको अवस्थामा डेराबाटै ब्राउन सुगर खरिद गर्दा पवित्राले पनि पोका ‘डोज’ बनाएर दिने प्रहरी निरीक्षक खड्काको भनाई छ । प्रहरी अनुसन्धानले विर्तसिंह इटहरीमा हुने ब्राउन सुगर कारोबारी मध्येका एक भएको देखिएको छ ।

ब्राउन सुगरको कारोबार बढ्दै

इटहरीमा ब्राउन सुगरको कारोबार व्यक्ति मार्फत धेरै हुने गरेको छ । छोटो समयमा राम्रो आम्दानी हुने लोभका कारण अहिले इटहरी, धरान, विराटनगर, दमक, बिर्तामोड जस्ता सम्पन्न सहरमा यसको कारोबारको सञ्जाल फैलिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्का बताउँछन् । इटहरी प्रहरीको तथ्याकं हेर्ने हो भने पनि विगत भन्दा इटहरीमा ब्राउन सुगरको कारोबार निकै बढेको देखिन्छ । ७१-७२ मा प्रहरी निरीक्षक पदमा इटहरी बसेका खड्काका अनुसार त्यो समय ब्राउन सुगरको केश जिरो थियो ।

brown-sugar_20210901104733 तर ७ बर्सपछि खड्का अहिले इटहरी प्रहरीको प्रमुख डिएसपी हुँदाको ८ महिनाको दौरानमा मात्र ६७ ग्राम ४२० मिलिग्राम ब्राउन सुगर बरामद भइसकेको छ । जसमा १७ पुरुष र दुई महिला पक्राउ परेका छन् । अघिल्लो आर्थिक वर्ष ७७-७८ मा इटहरीमा ३६८ ग्राम ब्राउन सुगर इटहरीमा बरामद भएको प्रहरी तथ्याकं छ ।

डिएसपी खड्का भन्छन् : ‘कतिपय कारोबारी र प्रयोगकर्ताहरू नै उच्च घरानाका छोराछोरी हुनेगर्छन । हजारदेखि १५ सय रुपैयाँसम्म एक डोज पाइने भएकाले यसको पहुँच अलि उँचो घरानाका व्यक्तिहरू तथा युवायुवती हुने गरेका छन् ।

‘प्रहरीको रणनीति पनि लागुऔषधको मुख्य कारोबारीसम्म पुग्नु हो, त्यसैले हामी लागुऔषध विरुद्ध अप्रेसन गरिरहेका छौ’ उनले भने, ‘यसमा नागरिक स्तरसँगै परिवारको प्रत्यक्ष साथ भए लागुऔषध न्यूनीकरणमा ठुलो मद्दत पुग्ने थियो ।’

सम्बन्धित समाचारहरु

निर्वाचन बिरोधी गतिव ...

निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा आइतबार देशभरबाट ७१ जना पक्राउ परेका छन् । हूलहुज्जत ...

इटहरीमा घरको ताल्चा ...

इटहरी २० तरहरामा चोरी भएको छ । तरहराको पुष्पलाल टोलस्थित एक घरको ताल्चा फोडेर चोरी भएको हो । स्थानीय ...

सुनसरीमा मानव कङ्काल ...

सुनसरीको दुहबीमा मानव कङ्काल भेटिएको छ । दुहबी नगरपालिका ८ स्थित बियर उघोगको पछाडि धान खेतमा खप्पर, ...

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved