दुर्घटनामा घाइते भएका ६ जनालाई गोल्डेन अस्पतालले बन्धक बनायो 

alt
  • असार १६, २०७९
  • अपराध न्यूज

उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको गोल्डेन अस्पतालमा ६ जना बिरामी बन्धक भएका छन् । दुई साताअघि सुनसरी कोशी गाउँपालिकाको हरिपुरमा भएको दुर्घटनामा परि घाइते भएका बिरामीलाई गोल्डेन अस्पतालले केही दिनअघि डिस्चार्ज गरेपनि उपचार खर्च तिर्न नसक्दा बन्धक भएर बस्नु परेको पीडितले बताएका छन् ।

विराटनगरदेखि गाईघाट हिँडेको ना ५ ख ६५६४ नम्बरको बस जेठ ३० गते दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने बसमा सवार ३२ जना यात्रु घाइते भएका थिए । घाइते भएकामध्ये २६ जना चाँडै नै अस्पतालबाट घर फर्किए पनि गम्भीर घाइते ६ जनाको अस्पताल बसाइ लम्बिएको थियो । ती घाइते डिस्चार्ज भएको १० दिन विति सकेको छ। तर, गोल्डेन अस्पतालले भने उपचार खर्च तिर्न बाँकी रहेको जनाउँदै बन्धक बनाएको पीडितले बताएका हुन् ।

दुर्घटना गर्ने बस ओम साइ संघका कर्मचारी लिला घिमिरेले अस्पतालसँग सहकार्य गरि यात्रुहरूलाई उपचार गर्न भर्ना गराउनुभएको थियो । अस्पतालमा उपचारमा समय लम्बिएका छ जना बिरामी असार ७ गते डिस्चार्ज भएका थिए । ती डिस्चार्ज भएकालाई अस्पतालले बन्धक बनाएर राखेको हो ।

Ghaite11 बिरामीको आर्थिक अवस्था दयनीय भएकाले गर्दा आफै खर्च तिर्न सक्ने अवस्था छैन् । अस्पताल प्रशासनका प्रमुख सन्तोष मेहताले भने यातायात व्यवसायी संघले अस्पताल लाई उपचार खर्च पठाउने वचन दिएपनि अहिलेसम्म नपठाएको बताउनुभयो । अस्पतालमा वस व्यवसायी संघले १ लाख  पठाएको र अन्य १२ लाख तिर्न बाँकी रहेको प्रमुख मेहताले बताउनुभयो ।

बिरामीलाई अस्पतालले  बन्धक बनाएर राखी रहँदा वस सञ्चालक भने फरार छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नगेन्द्र कार्कीले वस सञ्चालकको खोजी भइरहेको जानकारी दिनुभयो । 

सम्बन्धित समाचारहरु

बुहारी र नातिको कुटा ...

सुनसरीको भोक्राह नरसिंह गाउँपालिकामा बुहारी र नातिको कुटाईबाट एक वृद्धको मृत्यु भएको छ । भोक्राह नरस ...

भारत खरैयाका डाक्टरल ...

प्यारालाइसिस रोग सम्बन्धी उपचार गदै आएका भारत खरैयाका डा. अशोक कुमार यादवले सुनसरीस्थित इलाका प्रहरी ...

जुवाजन्य गतिविधि गर् ...

चाडपर्वको नाममा आयोजना हुने मेला महोत्सव भित्र जुवाजन्य गतिविधि गर्ने आयोजक विरुद्ध जिल्ला प्रशासन क ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved