१ नं. प्रदेश प्रहरीको सर्वोत्कृष्ट प्रहरी भए हवल्दार ओझा

alt
  • असार ५, २०७९
  • अपराध न्यूज

इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी सहायक हवल्दार बिनोद ओझा जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । इटहरी ४ गोपाल टोलमा अवैध हात हतियार देखाई स्थानियवासीहरुलाई धाकधम्की दिदै त्रसित बनाई रहेको अवस्थामा उक्त घटनामा संलग्न व्यक्तिहरूलाई घटनास्थलबाटै अवैध हातहतियार तथा प्रतिबन्धित लागुऔषध सहित पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका ओझालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

पुरस्कृत भएका ओझाले विभागीय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुका साथै चोरी, कर्तव्य ज्यान लगायतका बिभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउनमा महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ । 

इलाका प्रहरी कार्यालय बेल्टार, उदयपुर दरबन्दी भई इलाका प्रहरी कार्यालय इटहरी कार्यरत ओझालाई उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै उनको तस्विर सम्मान स्वरुप १ नं. प्रदेश प्रहरी कार्यालयमा राखिने छ । 

Add

सम्बन्धित समाचारहरु

बुहारी र नातिको कुटा ...

सुनसरीको भोक्राह नरसिंह गाउँपालिकामा बुहारी र नातिको कुटाईबाट एक वृद्धको मृत्यु भएको छ । भोक्राह नरस ...

भारत खरैयाका डाक्टरल ...

प्यारालाइसिस रोग सम्बन्धी उपचार गदै आएका भारत खरैयाका डा. अशोक कुमार यादवले सुनसरीस्थित इलाका प्रहरी ...

जुवाजन्य गतिविधि गर् ...

चाडपर्वको नाममा आयोजना हुने मेला महोत्सव भित्र जुवाजन्य गतिविधि गर्ने आयोजक विरुद्ध जिल्ला प्रशासन क ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved