सङ्खुवासभाको ‘सामूहिक हत्या’ अनुसन्धानको लागि सिआइबी आइपुग्यो

alt
  • भदौ २२, २०७८
  • अपराध न्यूज

सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भएको बीभत्स हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पनि खटिने भएको छ । 

घटनाको अनुसन्धानका लागि सिआइबीको (पिलर) वान का डिएसपी रुगम बहादुर कुँवरको कमान्डमा ३ जनाको टोली घटनास्थलतर्फ हिँडेको प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीले बताए । सिआइबीको टिम आजै विराटनगर विमानस्थल आइपुगेर सङ्खुवासभा लागेको हो ।

सिआइबीबाट आएका डिएसपी कुँवर अपराध अनुसन्धानमा नेपालकै उत्कृष्ट प्रहरी अधिकृत मध्ये एक हुन । कुँवर भक्तपुरका बालक निशान खड्काको अपहरण र हत्यामा संलग्न अजय तामाङ र गोपाल तामाङको २०७५ सालको साउन २० गते इन्काउन्टर गर्ने प्रहरी कमान्डर थिए ।

सम्बन्धित समाचार: 

सङ्खुवासभाको ‘सामूहिक हत्या’ : यसरी हुदैछ अनुसन्धान !

 

सङ्खुवासभा ‘सामूहिक हत्या’ को अनुसन्धान टोली घटनास्थलमा, लखेटेर हत्या गरिएको अनुमान

 

सङ्खुवासभामा ६ जनाको ‘सामूहिक हत्या’अनुसन्धानको लागि एसपी दाहालको टोली घटनास्थल जाँदै

 

सम्बन्धित समाचारहरु

झापाका मासु व्यवसायी ...

कार्तिक २५ मा झापा बिर्तामोड– ५ का ५० वर्षीय मासु व्यवसायी इन्द्रबहादुर मगरको आफ्नै पसलमा धारि ...

इटहरीमा बाल विवाह गर ...

इटहरीमा बाल विवाह गरको अभियोगमा बेहुला बेहुलीसहित ४ जनालाई वाल विवाह मुद्दा चलाइएको छ । इटहरी २ स्थि ...

धरानको विनोद मृत्य प ...

मनोज भुजेल । सुनसरीको धरान ५ सुन्दर बस्तीमा गत साउन १४ गते ४७ वर्षीय विनोद लिम्बुको शव आफ्नै घर ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved