सङ्खुवासभा ‘सामूहिक हत्या’ को अनुसन्धान टोली घटनास्थलमा, लखेटेर हत्या गरिएको अनुमान

alt
  • भदौ २१, २०७८
  • अपराध न्यूज

सङ्खुवासभाको मादीमा सोमबार एकै परिवारका ६ सदस्यको ‘सामूहिक हत्या’ को अनुसन्धानको लागि प्रहरी उपरीक्षक नेतृत्वको विशेष टोली घटनास्थल पुगेको छ । प्रतिकुल मौसम र बर्खाले बिग्रिएको सडकमा पैदल र ट्र्याकटरमा करिब ८ घण्टापछि प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको प्रहरी टोली साँझ ७: २५ बजे घटनास्थल पुगेको हो ।

दाहालको टोली घटनास्थल पुग्न साथ अनुसन्धानको प्रक्रिया सुरु गरिएको छ । पहिलो चरणमा ‘ट्रयाकर’ डग पिकु र लैलालाई अपराध स्थलमा परिचालन गरी 'स्निफिङ' को काम गरिएको छ । यस्तै फरेन्सिक विज्ञको टोलीले पनि आफ्नो काम थालेको छ ।

Hh ‘बाटोमा पानी परेर केही समस्या भएको थियो, तर अहिले हामी घटनास्थलमा पुग्दा मौसम सफा छ’ प्रहरी उपरीक्षक भीम दाहालले अपराध न्युजसँग भने ‘हामीले घटनाको अनुसन्धान सुरु गरिसकेका छौ ।’ रातको समयमा पनि अनुसन्धानका विभिन्न प्रक्रियाहरू चल्ने उनले बताए ।

‘घटनामा धारिलो हतियार प्रयोग भएको देखिन्छ, र हत्यामा एक जना भन्दा बढीको संलग्नता हुन सक्ने हाम्रो अनुमान छ ।’ जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी नेतृत्वको प्रहरी पनि घटना स्थलमा छ  ।

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरुण कुमार बिसीको निर्देशनमा सङ्घीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत प्रहरी उपरीक्षक दाहालको कमान्डमा विशेष टिम घटनास्थल पुगेको हो । अनुसन्धान टिममा प्रदेश प्रहरीको रिट समूह समेत संलग्न छ ।

दाहाल अपराध अनुसन्धानमा कुशल अनुसन्धानकर्ता हुन । सिआइबीमा लामो समय काम गरेका दाहाल १ नं.प्रदेश प्रहरीको रिजनल इन्भेष्टिगेशन टिम (रिट) को स्थापनाकर्ता पनि हुन । 

लखेटेर हत्या

घटनास्थलमा भेटिएको शवको प्रकृति हेर्दा हत्याराले मृतकहरूलाई लखेटी लखेटी हत्या गरेको अनुमान गरिएको छ । घरभित्र ८४ वर्षीय पार्वती कार्की मृत अवस्थामा भेटिएकी थिइन् । छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीय कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीय रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीय गोमाको शव तीन बेग्लाबेग्लै स्थानमा भेटिएको थियो । प्रहरीका अनुसार नाति नतिनाको शव घरदेखि माथिको खरबारीमा छ ।

तेजबहादुरको शव सडकमा छ । रञ्जना र कमलाको शव घर नजिकैको खोल्सोमा छ । साथै मृतकहरूको चप्पलहरू यत्रतत्र छरिनुले लखेटेर हत्या भएको प्रहरीको अनुमान छ ।

लुटपाटको आशङ्का

प्रहरीका अनुसार खेती किसानी गर्ने तेजबहादुरको परिवार सामान्य आर्थिक अवस्थाको हो । दुई छोरा नरेश र नरेशले विदेशबाट पठाएको केही पैसा घरमा थियो । परिवारका अन्य सदस्यसँग पनि मिलेर झापामा जग्गा किन्ने तयारी भइरहेको थियो । स्थानीयका अनुसार मङ्गलवार वा बुधवार नै जग्गा पास गर्ने तयारी परिवारको थियो । त्यसका लागि विदेशमा रहेका छोराहरूले रकम पठाएका थिए । स्थानीयका अनुसार परिवारका अन्य सदस्यसँग पनि मिलेर झापामा ८० लाख रुपैयाँमा जग्गा किन्ने तयारी थियो । त्यसका लागि केही बैना रकम पनि दिएको बताइएको छ ।

घटनास्थल र घर सुरक्षित राखिएको कारण धरानबाट गएको प्रहरी उपरीक्षक दाहाल र फरेन्सीक टोलीले घर भित्र लुटपाट भएको छ छैन भनेर समेत अनुसन्धान गर्ने जनाइएको छ । परिवारको अन्य व्यक्तिसँग रिसिइबी भएको चाहिँ हालसम्म खुलेको छैन ।

यो पनि : 

सङ्खुवासभामा ६ जनाको ‘सामूहिक हत्या’अनुसन्धानको लागि एसपी दाहालको टोली घटनास्थल जाँदै

 

सम्बन्धित समाचारहरु

बुबालाई सम्झाउँदा उल ...

सोलुखुम्बुस्थित सोलु–दूधकुण्ड नगरपालिका वडा नं. ५ का ५० वर्षीय मोहन बराइली सुन चादी व्यवस ...

डिएसपी कार्कीलाई प्र ...

छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक ...

एकादशीमा मापसे गरेका ...

इलाममा आफ्नै दाइको धारिलो हतियार प्रहारबाट भाइको हत्या भएको छ । सोमबार इलामस्थित सन्दकपुर गाउँपालिका ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved