झापामा एक महिलासहित दुई जनाको शव खोला किनारमा फेला परेको छ। एक जनाको निन्दा खोला र एक जनाको बिरिङ खोला किनारमा शव फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जनाकारी दिए।
उनका अनुसार मङ्गलवार बिहान साढे ९ बजे मेचीनगर नगरपालिका-१५ निलकोठी स्थित निन्दा खोलाको बिच भागमा सोही नगरपालिका निवासी ६० वर्षीय सलकी भेसरा (र्मुर्मु) को शव फेला परेको हो।
शवलाई पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको डिएसपी थापाले बताए। पहिचान नखुलेको महिलाको शव खोलामा घोप्टो परेको अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी ज्यामिर गडीको प्रहरी टोली घटनास्थल पुगेका थिए।
त्यस्तै आइतबार राति झापा गाउँपालिकाको पन्थापाडास्थित बिरिङ खोलाको किनारमा अन्दाजी ३५ वर्षीय युवकको शव फेला परेको डिएसपी थापाले बताए।
मृतक युवकको पहिचान अझै खुलेको छैन। इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवको डिएनए परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। सड्न लागेको शवको पहिचान खुल्न नसकेको हुँदा थप अनुसन्धानका लागि धरान पठाएको उनले बताए।
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2022 - Aparadh News All rights reserved