उपमेयरको फोटो राखेर अश्लील स्ट्याटस लेख्ने पक्राउ

alt
  • श्रावण २३, २०७८
  • अपराध न्यूज

मोरङको उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीलाई अश्लिल शब्द प्रयोग गरेर सामाजिक सञ्जाल फेसबुकमार्फत गाली गर्ने एक युवा पक्राउ परेका छन्। उर्लाबारी–४ का ३३ वर्षीय युवराज खरेललाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको हो।

फेसबुकमा उपमेयर भण्डारीको फोटो नै राखेर अश्लिल शब्द प्रयोग गर्दै  स्ट्याटस लेखेर गाली गरेको पाइएपछि आवश्यक अनुसन्धान र कारबाहीका लागि खरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रारम्भिक अनुसन्धानबाट उपमेयरलाई भेटेका ठाउँमा र बाटोमा एवं फेसबुकमार्फत पनि गालीगलौज गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ। अपशब्द प्रयोग गरेर आफूलाई हैरानी पारेको भन्दै उपमेयर भण्डारीले प्रहरीमा खरेलविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। गत बिहीबार पक्राउ परेका उनीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन प्रहरीले शुक्रबार म्याद थप गरेर घटनाका बारेमा अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए । 

सम्बन्धित समाचारहरु

झापाका मासु व्यवसायी ...

कार्तिक २५ मा झापा बिर्तामोड– ५ का ५० वर्षीय मासु व्यवसायी इन्द्रबहादुर मगरको आफ्नै पसलमा धारि ...

इटहरीमा बाल विवाह गर ...

इटहरीमा बाल विवाह गरको अभियोगमा बेहुला बेहुलीसहित ४ जनालाई वाल विवाह मुद्दा चलाइएको छ । इटहरी २ स्थि ...

धरानको विनोद मृत्य प ...

मनोज भुजेल । सुनसरीको धरान ५ सुन्दर बस्तीमा गत साउन १४ गते ४७ वर्षीय विनोद लिम्बुको शव आफ्नै घर ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved