अनलाइन प्रविधि मार्फत उजुरी लिदै सुनसरी प्रहरी

alt
  • भदौ १३, २०७७
  • अपराध न्यूज

कोरोना सङ्क्रमणका कारण जोखिम बढेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले गम्भीर प्रकृतिका मुद्दाको कामबाहेकको सम्पूर्ण सेवाहरू रोकेको छ ।

प्रहरी कार्यालयभित्रका थुनुवामा सङ्क्रमण देखिएपछि यति बेला अत्यावश्यक सेवा बाहेक प्रहरीको काम कारबाहीमा कटौती गरिएको छ । प्रहरीले गम्भीर प्रकृतिका घटना बाहेक अन्य मुद्दामा काम कारबाहीको प्रक्रिया रोकेको हो ।कार्यालय आउजाउमा समेत कडाइ गरिएको छ ।

सुरुवातमा चमेना गृह सञ्चालकमा कोरोना देखिएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय सुनसरीभित्र रहेका ५ थुनुवामा सङ्क्रमण पुष्टि भएको थियो । सो दिन जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतका युनिटहरूमा रहेका १६ जना थुनुवामा एकसाथ कोरोना पुष्टि भएको थियो ।

सङ्क्रमित सबै थुनुवालाई छुट्टै स्थानमा सारिएको बताए पनि उनीहरूसँगको कन्ट्याक ट्रेसिङका आधारमा समेत सुरक्षाकर्मी जोखिममा परेको कार्यालयको ठहर छ । शुक्रवार मात्रै प्रहरीका अधिकृतसहितका सुरक्षाकर्मीहरूको पीसीआर परीक्षणका लागि स्वाब दिइएको छ ।

जोखिमका बाबजुद जनताको शान्ति सुरक्षाका लागि खटिँदै आएका सुरक्षाकर्मी कोरोना सङ्क्रमण र कन् ट्याक ट्रेसिङका आधारमा आइसोलेसनमा रहने क्रम बढ्दै जाँदा सेवा प्रवाहमा समस्या बढ्दै गएकोले यस्तो जटिल अवस्था आएको प्रहरी प्रमुख कमल थापाले बताए ।

उनले भने, ‘कोरोनाका कारण कार्यालयबाट प्रदान हुँदै आएको सेवा पूर्णपुरमा प्रवाह गर्ने अवस्था छैन । सङ्क्रमणको जोखिम दिनानुदिन बढ्दै गएकाले सुरक्षा बन्दोबस्त मिलाएर सेवा प्रवाह गर्न निक्कै नै सकस छ । जसका बाबजुद प्रहरी ड्युटीमा परिचालित छन् ।’

प्रहरी प्रमुख थापाले गम्भीर प्रकृति बाहेकका मुद्दामा फोकस गर्न सक्ने अवस्था नरहेको बताए । उनले नागरिकसमेत सादा पोसाकका प्रहरी भएकाले आफूसँग भएका सूचना प्रहरीलाई दिएर सहयोग गर्न आग्रह गरे । थापाले सकेसम्म टेलिफोन वा अन्य भौतिक दुरी कायम हुने अनलाइन प्रविधिबाट सेवा लिन आम नागरिकलाई आग्रह गरे ।

थापाले भने, ‘समाजभित्रका धेरैजसो मुद्दा स्वयम् नागरिक आफैँले सुल्झाउन सक्छन् । त्यसैले पनि स्वयम् सजक र सचेत रहन सके आपराधिक घटनामा स्वतः कमी आउने छ ।’ उनले अत्यावश्यक अवस्थामा भने प्रहरीले प्रदान गर्ने सेवा भने जारी रहने स्पष्ट पारे ।

सुनसरीमा अहिलेसम्म ५६ जना प्रहरी सङ्क्रमित भैसकेका छन् । 

सम्बन्धित समाचारहरु

सङ्क्रमित सुरक्षाकर् ...

सुनसरीको बराहक्षेत्र आइसोलेसन सेन्टरमा सङ्क्रमितहरूका लागी उपलब्ध गराइएको विभिन्न सामाग्रीहरू चोरी भ ...

१६ वर्षीय बालिकाको ‘ ...

एक १६ वर्षीया बालिकाकाथि सामुहिक बलात्कार गरेको आरोपमा ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाबा ...

मोरङको कसेनी हत्या प ...

सर्वसाधारण र दुई चक्के सवारी साधन आवतजावत गर्न मिल्ने गरी स्थानीय राजन चौधरी, मञ्जा माझी लगायतका युव ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved