सलामीको अपमान भयो, सरकार !

alt
  • भदौ ८, २०७७
  • अपराध न्यूज

सलामी फौजमा आफू भन्दा ज्येष्ठ सदस्यलाई गरिने सम्मान हो, अभिवादन हो। सलामी सिनियरलाई गरिनुका अतिरिक्त राज्यका विभिन्न महत्त्वपूर्ण पदमा आसीन व्यक्तिहरूलाई समेत दिने गरिन्छ।सलामीको निर्देशिका हरेक सङ्गठनले जारी गरेको हुन्छ। सलामी व्यक्तिगत र सामूहिक अनि हतियारसहित र हतियार बेगर समेत गर्ने गरिन्छ।कुन स्तरको भिआइपीलाई कति जनाले सलामी दिने तोकिएकै हुन्छ।

हिजोआज सञ्चार माध्यम विशेष गरी सामाजिक सञ्जालमा पिर्के सलामी ,टेबलमा राखेर सलामी , जङ्गलमा सलामी , छाते सलामी लगायत थरथरीका विचित्रका सलामी देख्न पाइरहिएको छ। यसले सर्वसाधारणमा सलामी लिने व्यक्ति प्रति आक्रोश व्यक्त भइरहेको पाइन्छ भने फौजी या अवकाश प्राप्त फौजीलाई चाहिँ कुरीकुरी लागेर आउँछ।

सलामीको दुरुपयोग भएकोमा दुख लाग्छ। यसमा सलामी खानको लागि जनप्रतिनिधिको आशक्ति र सलामी टक्र्याउने कमान्डरले केही पाउने आशाले गर्ने गरेको चाकरी दुवै जिम्मेवार छन् । कहिँकहिँ त जथाभाबी सलामी दिन मिल्दैन भन्दा जागिर खाइदिने सम्मको थर्काइ सुन्नमा आएका छन्। फौजी हेडक्वाटरले यस सम्बन्धमा परिपत्र गर्नु पर्ने देखिन्छ।

औपचारिक कार्यक्रममा आएका बखत बाहेक भिआइपी , भिभिआइपीलाई सामान्य व्यक्तिगत सलाम गरे पुग्छ । कार्यालयको क्वाटर गार्डको बाटोबाट भिआइपी हिँडे क्वाटर गार्ड सलामी दिनुपर्छ। यो पङ्क्तिकार अमुक गणमा गणपति हुँदा प्रधानमन्त्री गण भित्र प्रवेश गर्दा समेत कुनै विशेष सलामी दिइएन। तसर्थ जसरी अनिधाकृतलाई सलामी दिनु गलत हो । 

त्यसरी नै जथाभाबी सलाम ग्रहण गर्नु सम्मान हैन, अपमान हो।

यसर्थ जहाँ पायो त्यहीँ रातो कार्पेट बिछ्याएर ,यस्ता पिर्कामा, टेबुलमा राखेर जङ्गलमा ,बाटोघाटोमा,छाता ओढाएर, रातको समयमा हतियार सहितको सामूहिक सलामी दिनु गलत हो। यसमा सलाम खान लालायित तथा दिनेले बिचार पुर्‍याउनु जरुरी हुन्छ।

यो पनि : 

पूर्व एसएसपीको गृहमन्त्रीलाई प्रश्न : सशस्त्र प्रहरीलाई ‘सौतेलो’ व्यवहार किन ?

 

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved