‘अब सम्झाउने हैन सिधै कारबाही’

alt
  • भदौ ६, २०७७
  • अपराध न्यूज

मोरङ अहिले प्रदेश १ कै सबैभन्दा बढी कोरोना सङ्क्रमणको ‘हटस्पट’ जिल्ला हो । भदौ ५ गतेसम्म प्रदेश १ को कुल सङ्क्रमित सङ्ख्या २४८७ मध्ये आधा बढी सङ्क्रमित १२४८ मोरङका छन् । अनि प्रदेशको कुल मृत्यु सङ्ख्या १८ मध्ये १३ जना पनि मोरङकै छन् ।

सङ्क्रमित र मृत्यु हुने प्राय अन्य ठाउँ भन्दा मोरङको र प्रदेश १ को राजधानी विराटनगरका छन् ।

प्रदेश १ को एक्लो महानगर विराटनगरमा भारतसँगको खुला सिमाना र प्रमुख व्यापारिक नाका भएकाले अनियन्त्रित आउजाउका कारण यो जिल्लामा साउन पहिलो सातापछि सङ्क्रमण दर ह्वात्तै बढ्यो ।

अहिले भदौ ५ गतेदेखि मोरङका चार स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । यसअघि विराटनगर महानगरपालिका ‘लकडाउन’मा सीमित थियो ।

‘हटस्पट’ जिल्लामा निषेधाज्ञा जारी गरेपछि यसको कार्यान्वयनमा प्रत्यक्ष जोडिने निकाय हो, नेपाल प्रहरी ।

यसै कारण अहिले मोरङ प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काको काँधमा कोरोनाको ‘हटस्पट’ जिल्लाको जिम्मेवारी छ ।

असार ९ गतेदेखि जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुखको जिम्मेवारी समालेका खड्काको दैनिकी अहिले मुख्यतः कोरोना रोकथाम र नियन्त्रणको लागि फ्रन्ट लाइनमा छ ।

जस अन्तर्गत सङ्क्रमित पहिचानका लागि कन्ट्याक्ट ट्रेसिङ गर्न समुदायमा पुग्नेदेखि घरघर गएर कोरोना सङ्क्रमितलाई आइसोलेसन सेन्टर वा अस्पतालमा पु¥याउने लगायतका काममा प्रहरी परिचालित छ ।

सरकारले मोरङ विराटनगरको रानी नाकाबाट मात्र नेपाल प्रवेश गराउने निर्णय गरेपछि त्यसको पनि व्यवस्थापनमा प्रहरी लागेको छ ।

काम कारबाही प्रभावित

कोरोना कहरले गर्दा यति बेला देशभर प्रहरीको ‘जनरल पुलिसिङ’ प्रभावित छ । प्रहरीमापनि सङ्क्रमणको उच्च जोखिम हुने भएकाले घटनाको गम्भीरता अनुसार उजुरी छानबिन तथा पक्राउका काम गरिरहेको खड्का बताउँछन् ।

यस्तै सामाजिक अपराध, लागुऔषध कारोबारी, फरार प्रतिवादी पक्राउ लगायतका कामहरू पनि उच्च सावधानी अपनाएर भइरहेको उनले बताए ।

‘प्रहरीको काम कारबाही समुदायमै जोडिने भएकाले यो अबस्थामा जोखिम उतिकै छ’, खड्का भन्छन् ‘कोरोनाले प्रहरी ‘फुल फेज’ मा काम गर्न भने नसकेको अवस्था छ ।’

‘हाम्रा प्रत्येक मातहतका कार्यालयहरूमा सुरक्षाको मापदण्ड अपनाउन निर्देशित गरेका छौ । हरेक शाखामा छुट्टाछुटै युनिट बनाएका छौ । यदि युनिटमा कसैलाई कोरोना पोजेटिभ देखिए त्यो युनिट भित्रका प्रहरी आइसोलेसनमा बस्ने गरी व्यवस्था मिलाएका छौ ।’ यहाँ एउटा युनिटले अर्को युनिटसँग दुरी राखेर मात्र काम गर्ने प्रबन्ध मिलाएका छौ ।

पक्राउ गरी ल्याइएका थुनुवाहरूको हकमा भने स्वास्थ्य परीक्षण गरेर मात्र हिरासतमा राख्ने प्रबन्ध मिलाएको खड्का बताउँछन् । साथै हालको सङ्क्रमणको अबस्थामा समाजमा घटेकाका सानातिना घटनालाई स्थानीय जनप्रतिनिधिको रोहबरमा मिलाउने व्यवस्था गरेको उनले बताए ।

सीमा चुनौती

विराटनगरमा प्रदेश १ कै बढी कोरोना सङ्क्रमित देखिनुको मुख्य कारण हो, खुल्ला सीमा । मोरङको ६३ किलोमिटर लामो भारतीय सीमाबाट लुकिछिपी भित्रिएका संक्रमतिबाटै समुदाय स्तरमा कोरोना फैलिएको स्वास्थ्यकर्मीको दाबी छ ।

अझैपनि रातको समयमा लुकिछिपी नेपाल प्रवेश गर्ने गरेको घटना सार्वजनिक भइरहेका छन् । तर खड्का भने यसलाई केही हदसम्म स्वीकार छन् । 

‘६३ किलोमिटर खुला सीमा छ । नेपाल प्रहरीले हाते साङ्लो झैँ गरी सुरक्षा दिन सक्ने जनशक्ति छैन । जहाँ जहाँबाट घुसपैठ हुन्छ त्यो ठाउँलाई हामीले निषेध गरेका छौ । जनस्तरबाट आएका सूचनाहरूले पनि हामीले धेरैलाई उतै फर्काएको अवस्था छ ।’

सीमाको अर्को चुनौती भनेको चोरी तस्करी हो । मोरङका केही नाकामा तस्करी समूहबाट प्रहरीमाथिकै आक्रमण भएका उदाहरण छन् ।

कोरोनाको जोखिम कम गर्न नाकाबाट आवतजावतमा कडाइ गर्दा प्रहरी र नागरिकबिच द्वन्द्वकै अवस्था छ । यसबाट हामी भने बिचल्लीत भएका छैनौ । भएकै जनशक्तिले सिमामा हुने चोरी तस्करी नियन्त्रणमा हामी लागि परेका छौ । यसमा जनस्तरबाट पनि प्रहरीलाई सहयोग भए सिमाना हुने गलत प्रवृत्तिको अन्त्य हुने एसपी खड्काको तर्क छ ।

अहिले हाम्रो पहिलो प्राथमिकता पनि खुला सिमाना हुने आवतजावतमा पूर्ण प्रतिबन्ध लगाउनु हो । 

अब कारबाही

दिनप्रतिदिन मोरङमा सङ्क्रमित दर बढ्ने अवस्था देखिएपछि मोरङमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको अवधिमा अनावश्यक हिँडडुल गर्ने, घरबाट बाहिर निस्कने, बजार र पसल खुल्ला राख्ने, यातायातका साधन सञ्चालन गर्ने, भिडभाड गर्न खोज्ने लगायत रोक लगाइएका गतिविधि गरेमा पक्राउ गरेर छ महिनासम्म कैद सजाय हुने स्पष्ट सूचना जारी गरिएको छ ।

अब प्रशासनको नियम अवज्ञा भए ठाउँको ठाउँ जरिवाना काट्ने व्यवस्था मिलाएको खड्का बताउँछन् । तर दुई पटक भन्दा बढी जरिवानामा परेका व्यक्तिलाई भने सिधै कैद सजाय हुनेछ ।

निषेधाज्ञा लगाउनुको कारण थप सङ्क्रमण नफैलियोस् भन्ने हो । तर नागरिकहरू सचेत नभएको देख्दा दुख लाग्ने उनको अनुभव छ ।

गस्तीका क्रममा सामान्यता मास्क समेत नलगाई हिँडेका प्राय धेरै भेटिन्छन् ।

‘अब कोरोना रोगलाई जीवन पद्धतीसँग जोडेर साबाधनी अपनाएर हिँड्ने बानी बसाल्नु पर्छ’ उनले भने ‘प्रहरीले अब पटक पटक सम्झाउँदैन, अब सिधै कडा कारबाहीमा उत्रिन्छ ।’ 

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved