भैंसी चोर पक्राउ

alt
  • भदौ ६, २०७७
  • अपराध न्यूज

उदयपुरमा तीन जना भैंसी चोर पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–६ जलजले निवासी प्रेमप्रसाद भट्टराई र उमेश भट्टराईको दुई वटा भैंसी चोरी गर्ने तीन जना पक्राउ परेका हुन् ।

गत साउन २७ गते राति गोठबाटै करिब दुई लाख बराबरको भैंसी हराएको प्रहरीले जनाएको छ  । गोठबाटै भैंसी हराएको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट विशेष अनुसन्धान टोली खटेको थियो । टोलीले सिरहा र सप्तरी जिल्लामासमेत अनुसन्धान तथा खोजतलास गरेको प्रहरीले जनाएको छ ।

सप्तरी खड्ग नगरपालिका–२ स्थायी घर भई हाल त्रिनपा–६ जलजलेमा बसी भैंसी व्यापार गर्ने २८ वर्षीय तफेजुल अन्सारी र सिरहा महेशपुरपतार नगरपालिका–२ निबासी ३० वर्षीय इनुस भन्ने कुदुस मियाँ र सिरहाको गोलबजारका ३४ वर्षीय चन्द्रेश्वर साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अन्सारी र मियाँले स.१० प ७१८१ नम्बरको मोटरसाइकलमा भैंसी चोरी गरी साहलाई गाडी लिएर आउन लगाई ना.१ ज २३४० नम्बरको पिकअपमा भैंसी चोरेर लगेको प्रहरीले जनाएको छ ।

भैंसी चोरी गर्ने तीन जनासहित चोरीमा प्रयोग भएका मोटरसाइकल र पिकअप नियन्त्रणमा लिई चोरी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सम्बन्धित समाचारहरु

सङ्क्रमित सुरक्षाकर् ...

सुनसरीको बराहक्षेत्र आइसोलेसन सेन्टरमा सङ्क्रमितहरूका लागी उपलब्ध गराइएको विभिन्न सामाग्रीहरू चोरी भ ...

१६ वर्षीय बालिकाको ‘ ...

एक १६ वर्षीया बालिकाकाथि सामुहिक बलात्कार गरेको आरोपमा ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाबा ...

मोरङको कसेनी हत्या प ...

सर्वसाधारण र दुई चक्के सवारी साधन आवतजावत गर्न मिल्ने गरी स्थानीय राजन चौधरी, मञ्जा माझी लगायतका युव ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved