डिथ्री अनलाइन संचालन गरिरहेको परिकला मिडिया प्रालिको आयोजनामा भैरहेको 'टिकटक तिज क्विन-२०७७'को प्रोमो भिडियो अनाधिकृत रुपमा चोरी भएको छ । राउडिजम ईन्टरटेन्मेन्ट हाउसले आयोजना गरेको टिकटकको भिडियो प्रतियोगितामा प्रोमो भिडियोलाई तोडमोड गरि प्रयोग गरेको पाईएको परिकला मिडियाका प्रबन्ध निर्देशक सुवास श्रेष्ठ संकल्पले जानकारी गराए ।
उक्त भिडियो चर्चित हास्य कलाकार तथा जादुगरको श्रब्य दृष्यमा रहेको कारण महत्त्व दिइएको हो । तोडमोड गर्दै राउडिजमको फेसबुक पेजमा उक्त भिडियो पोस्ट भएपछि सम्बन्धित कम्पनीलाई जानकारी गराईएको संकल्पले बताए । तर, चित्त बुझ्दो जवाफ नआएको उनले बताए ।
राउडिजम तर्फबाट उक्त भिडियो डिलेट गरिएको तर सुधार पोस्ट गर्नलाई आनाकानी गरिरहेको श्रेष्ठको भनाई छ । कसैको सम्पतिलाइ अनाधिकृत रुपमा अथवा बिना सुचना प्रयोग गर्दा कडा कानुनको ब्यवस्था नेपाल सरकारले गरेको छ । राउडिजमले गल्ती स्विकारेर सुधार पोस्ट नगरे अब कानुनी प्रक्रियामा जाने श्रेष्ठको भनाई छ ।
यता राउडिजमका सञ्चालक करन चौहानले भने परिकला मिडिया प्रालिको प्रमोलाई भुलवश आफ्नो पेजमा अपलोड भएको बताए । कलाकार सबैको सम्पत्ति भएकाले आफ्नो कार्यक्रम पनि मिल्दोजुल्दो भएर महादेवको भिडियो प्रमोको रूपमा प्रयोग भएको र तत्काल हटाइएको चौहानको भनाई छ ।
हेर्नुस् परिकला मिडिया प्रालीले जारी गरेको ध्यानाकर्षण पत्र :
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2021 - Aparadh News All rights reserved