भोजपुरमा वडाध्यक्षद्वारा वृद्धमाथि कुटपिट

alt
  • श्रावण २०, २०७७
  • अपराध न्यूज

साल्पासिलिछो गाउँपालिका-१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय एक वृद्धमाथि निर्घात कुटपिट गरेका छन् । वडाध्यक्षको कुटाइबाट घाइते भएका वृद्धको थप उपचारका लागि विराटनगर पठाइएको छ ।

स्थानीय ६५ वर्षीय अर्जुनजंग कार्कीलाई वडाध्यक्ष बुढाथोकीले शनिबार दिङ्लाबाट घर जानेक्रममा वृद्धलाई कुटपिट गरेका थिए ।

वडाध्यक्षको कुटाइबाट छाति, हात र खुट्टामा चोट लागेको कार्कीकी श्रीमती इन्दिराले बताइन् । यता वडाध्यक्ष बुढाथोकीले भने अग्राखे भन्ने स्थानमा बाटो निरीक्षण गर्दै हिँडिरहेको अवस्थामा कार्कीले अपशब्द प्रयोग गरेको र त्यस्तो नगर्नु भन्दा सामान्य ठेलमठेल भएको बताएका छन् ।

 

वडाध्यक्ष बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएर उपचार गरिदिने सहमति भएपछि पीडित परिवारको रोहवरमा छाडिएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

 

सम्बन्धित समाचारहरु

बलात्कारमा संलग्नलाई ...

२०७७ भाद्र महिनादेखि यता हालसम्म इटहरीमा ८जना बलात्कारमा संलग्न कानुनी कारबाहीमा परेका छन्। यसमा नाब ...

१२ बोरको टोटा बन्दु ...

मोरङको मिक्लाजुङबाट प्रहरीले एउटा १२ बोरको टोटा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीका प ...

सङ्खुवासभामा एम्बुले ...

सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ मा एम्बुलेन्स तोडफोड भएको छ। अज्ञात समूहले बुधबारराति वाना प् ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved