कोरोनाको जोखिम न्यूनीकरण गर्न बिर्तामोड प्रहरीको ‘एसएमएस’ अभियान

alt
  • श्रावण १६, २०७७
  • अपराध न्यूज

लकडाउन खुलेसंगै झापाको बिर्तामोडमा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय अनारमनीले ‘एसएमएस’ अभियान शुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनी, रोट ट्र्याक क्लब अफ बिर्तामोड मिटटाउन, रोट ट्र्याक क्लब अफ काकरभिट्टा, ईआरसी झापा, न्यानो सहयोग, स्थानीय निकायका जनप्रतिनिधि, कृषिथोक बजार ब्यबस्थापन समितीको पहलमा ‘एसएमएस’ अभियान शुरु गरिएको हो ।

उनीहरू सोसियल डिस्ट्यान्सिङ (S), मास्क (M) तथा स्यानिटाइजर (S) ‘एसएमएस’को उचित प्रयोगका बारेमा चेतना फैलाउन भन्दै सडक तथा बजार क्षेत्रमा निस्किएर सचेतना जगाएका हुन् । इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडको अगुवाइमा यातायात मजदुर, व्यवसायी, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको संयुक्त टोलीले भीडभाड रहने क्षेत्रमा एसएमएसबारे जानकारी गराएका थिए।

sms मास्क नलगाउनेहरूलाई मास्क वितरण गर्नुका साथै आइन्दा नलगाएको खण्डमा संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गर्ने इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

कोरोना संक्रमण बाट आफू पनि बचौ अरुलाइ पनि बचाउ ! अनिवार्य रुपमा मास्कको प्रयोग गरौं ! भन्ने सन्देश मुलक एसएमएस गरौं र आफु पनि सुरक्षित रहुँ अरुलाई पनि सुरक्षित रहन आग्रह गरौं भन्ने सन्देश फैल्याउन आग्रह गरिएको डीएसपी रिजालले बताए ।

सम्बन्धित समाचारहरु

भोजपुरमा वडाध्यक्षद् ...

साल्पासिलिछो गाउँपालिका-१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय एक वृद्धमाथि निर्घात कुटपिट गरेक ...

मोरङमा लागुऔषध कारोब ...

लागूऔषध भण्डार गरेर कारोबार भइरहेको अबस्थामा प्रहरीले कारोबारीलाई नियन्त्रणमा लिने क्रममा मोरङको बूढ ...

ग्यास भण्डारमा आगो ल ...

करिब दुई वर्ष अघि इटहरी ६ स्थित सञ्जय चौधरीले सञ्चालन गर्ने सञ्जय ग्यास सप्लायर्स एन्ड भाडा पसलमा एउ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved