ग्यास भण्डारमा आगो लगाई ‘बदला’ लिने प्लान फेल भएपछि...

alt
  • श्रावण १६, २०७७
  • अपराध न्यूज

करिब दुई वर्ष अघि इटहरी ६ स्थित सञ्जय चौधरीले सञ्चालन गर्ने सञ्जय ग्यास सप्लायर्स एन्ड भाडा पसलमा एउटा सामान्य घटना हुन पुग्यो । पसल अगाडीबाटै ग्यास सिलिन्डर चोरी गरेको आरोपमा चौधरीले एक जना छिमेकीलाई रंगेहात नियन्त्रणमा लिए ।

लगतै चौधरीले इलाका प्रहरी कार्यालय इटहरीमा उनको विरुद्ध चोरीको जाहेरी दिए । तर छर-छिमेकको समस्या भन्दै प्रहरीले समाजको आग्रहमा पक्राउ परेकालाई छाडियो ।

तर त्यो घटनामा आफ्नो दाइँलाई समाजको अगाडी बेइज्जत गरेको भन्दै उनका भाइ सन्तोष खड्काको मनमा भने प्रतिसोधको भावना पलाइसकेको थियो । २३ वर्षीय सन्तोष समय समयमा साथीहरूसँग चौधरीसँग बदला लिने कुरा पनि गर्दथे ।

त्यही बदला लिने योजनाको साथ असार २९ गते उनले चौधरीको घरको तल्लो तलामा रहेको ग्यास भण्डारण गर्ने गोदाममा आगो लगाउने प्लान बनाए ।

राती ११ बजे सन्तोषले साइकलको टायर बन्द गोदामको सटर भित्र छिराई आगो लगाए । तर वर्षा र सामान्य हावाको कारण आगो टायरमा बल्न पाएन ।  सन्तोषले आगो लगाउने धेरै पटक प्रयास गरे तर सफल हुन सकेनन् ।

सटर नजिकै कोठामा बस्ने एक जना महिलाले यो दृश्य देखिन र हो-हल्ला गरिन् । रातको समयमा हल्ला हुन साथ सन्तोष भने फरार हुन्छन् । तर उनले सटरमा आगो लगाउन आएको देखि फरार हुन्जेलसम्मको दृश्य भने सिसिटिभीमा रेकर्ड भइसकेको हुन्छ ।

ठुलै दुर्घटना टर्यो

सन्तोषले आगो लगाउन खोजेको उक्त ग्यास भण्डारमा करिब पाँच सय वटा ग्यासका सिलिन्डर थिए । जसमा दुई सय वटा सिलिन्डर भने भरि अवस्थाका थिए । दुई तल्ला घरको तल्लो तलामा चौधरीले ग्यास भण्डार र भाडा पसल सञ्चालन गर्दथे । माथिल्लो तल्लामा भने चौधरीको परिवार र केही भाडावाल बस्ने गरेका थिए ।

त्यही घरमा अन्य घर समेत सटेको कारण यदि ग्यास भण्डारमा आगो लागेको भए ठुलो क्षति हुने सम्भावना थियो ।आगोले ग्यास सिलिन्डर यदि विस्फोट भएको भएको भए आफ्नोसहित अन्य घरमा समेत ठुलो क्षति पुग्ने सञ्चालक चौधरी बत्ताउँछन् ।

‘रातको समयमा यस्तो प्रयास भयो’ उनले भने ‘सिलिन्डर पड्केको भए मानिसको समेत हता-हती हुन्थ्यो, संयोगले ठुलै दुर्घटना टर्यो ।’ चौधरीको पसल आसपास अन्य पसलको समेत ग्यास भण्डार गर्ने गरिन्छ ।

ज्यान मार्ने अभियोग

घटना भएको २९ असारको रातीबाटै सन्तोष फरार थिए । पछि उनलाई इटहरी ९ बाट एक साथीको घरमा लुकेको अवस्था इटहरी प्रहरीले १७ दिनपछि पक्राउ गरेको थियो । पक्राउ पछि सन्तोषले प्रहरीलाई दिएको बयानमा पनि दाजुलाई चोरीको आरोप लगाई बेइज्जत गरेको रिसमा ग्यास भण्डारमा आगो लगाउने योजना बनाएको बताएका छन् ।

आगो लगाउने दिन सन्तोषले मदिरा सेवन गरेको समेत प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीले सन्तोषलाई आगो लगाई ज्यान मार्ने उघोगमा मुद्दा चलाएको छ ।

 

सम्बन्धित समाचारहरु

भोजपुरमा वडाध्यक्षद् ...

साल्पासिलिछो गाउँपालिका-१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय एक वृद्धमाथि निर्घात कुटपिट गरेक ...

मोरङमा लागुऔषध कारोब ...

लागूऔषध भण्डार गरेर कारोबार भइरहेको अबस्थामा प्रहरीले कारोबारीलाई नियन्त्रणमा लिने क्रममा मोरङको बूढ ...

कोरोनाको जोखिम न्यून ...

लकडाउन खुलेसंगै झापाको बिर्तामोडमा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय अनारमनी ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved