काठमाडौँदेखि पूर्वमा लुटपाटको योजना : सेल्फीले खोल्यो ‘ग्याङ’ सदस्यको राज

alt
  • श्रावण १३, २०७७
  • अपराध न्यूज

९ साउनमा सुनसरी धरानका ५७ वर्षीय डम्बर प्रसाद बास्तोला आफ्ना कामदारलाई तलब दिन भनी साथमा ९७ हजार ६०० रुपैयाँ रकम लिएर इटहरी आउने बस चढ्छन् । सोही बसमा यात्रुलाई झुक्क्याएर पैसा लुट्ने योजनाका साथ काभ्रे ३ का ३६ बर्षीया जितबहादुर श्रेष्ठ (ट्वाटी), काभ्रे ८ कै ३२ वर्षीय सनबहादुर लामा (तामाङ), काभ्रे ५ का युवराज लामा र काभ्रे २ का २६ वर्षीय कमल लामा समेतको समूह पनि बसमा चढ्छन् ।

बास्तोलाले उक्त नगद कपडाको पेन्टको भित्री गोजीमा राखेका थिए । तीन जनाको समूहले बसमा सवार सबै यात्रु मध्ये बास्तोलाको साथमा राम्रो रकम भएको सङ्केत गर्छन् र इशाराको भरमा ‘टार्गेट’ चुन्छन् । उनीहरूले भिडभाडको मौकामा उनको गोजी थाहा नपाई छाम्न भ्याइ सकेका हुन्छन् ।

बास्तोला बस भित्रै तीन जनाको घेरामा पर्छन् । धरानदेखि इटहरी आउन करिब आधा घण्टाको समयमा उनीहरू उचित मौकाको पर्खाइमा हुन्छन् । तर बसमा सीमित यात्रु रहेकाले बास्तोलाको साथमा रहेको नगद बस भित्रै लुट्ने योजना सफल हुँदैन ।

Pedit इटहरी चौकदेखि बस पूर्व जाने स्टेनमा रोकिन्छ । यात्रु ओर्लिने र चढ्ने मौकामा बास्तोलालाई एक जनाले बस भित्रै समाउँछन् र दुई जनाले भित्री गोजीमा रहेको नगद जबरजस्ती लुट्छन् ।

बास्तोलालाई सोही बसबाट धकेलेर झार्दिन्छन् र तीन जना अर्को बसमा चढेर भाग्न खोज्छन् । तर बास्तोलाले आफू लुटिएको हल्ला गर्छन् । एक जनाले उनलाई लुटेरा भागेको बसलाई समाउन बाइकमा लिफ्ट दिन्छन् । बस स्टेनदेखि केही मिटर पर बाइकले बुढी खोलाको पुलमा बाटो छेकेर बसलाई रोक्न सफल हुन्छन् । तर लुटेरा मध्यका कमल लामा भने बसको झ्यालबाट हाम फालेर भाग्छन् ।

एक सिटी सफारी चालक तथा केही स्थानीयको मद्दतले उनलाई एक किलोमिटर परबाट भाग्दै गर्दा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउँछन् । तर बसमा सवार अन्य तिन जना भने यही बिचको मौकाको फाइदा उठाउँदै फरार भइसकेका हुन्छन् ।

सेल्फीले खोल्यो राज

बास्तोलालाई लुट्ने मध्ये कमल पक्राउ परेपछि इलाका प्रहरी कार्यालय इटहरीको टोली अन्य लुटेराका सदस्यको खोजतलासमा जुट्छ । कमलले प्रयोग गर्ने मोबाइल नम्बरको कल डिटेलबाट शङ्कास्पद केही नम्बरको भेरिफाई गर्दा तरहरा, बिराटचौक र खनार लोकेसन देखिएपछि प्रहरीको छुट्टाछुट्टै टोली बनाई त्यस तर्फ परिचालित हुन्छ ।

इटहरीका डिएसपी धर्मराज भण्डारीको टोली भने तरहरा क्षेत्रमा खोजीको लागि पुगेका हुन्छन् । सिभिल पोसाकमा रहेका भण्डारीको नजर एउटा सिटी सफारीमा रहेका तिन जनाको समूहमा पुग्छ । उनीहरूको गतिविधि र हाउभाउमा शङ्का लागेपछि उक्त सफारीको फलो गर्छन् ।

तर प्रहरीले फलो गरेको भेउ पाउन साथ उनीहरू बस रोकेर भाग्न खोज्छन् । डिएसपी भण्डारीलाई शङ्का बढेपछि उनीहरू सवार बस तत्कालै चेकजाँजको क्रममा नियन्त्रणमा पर्छ । डिएसपी आफै तीन जनालाई सोधपुछ गर्छन् ।

शङ्काको भरमा नियन्त्रणमा लिइएका तीन जनाको साथमा भएको सामान तथा परिचय पत्र मार्फत भेरिफाई गरिन्छ । तर सुरुमा पक्राउ परेका कमलले प्रहरीसँग अरू कसैको पनि नाम नलिएको कारण पनि उनिहरुनै लुटपाटमा संलग्न थिए भन्ने डिएसपीलाई यकिन हुन सकेको थिएन ।

Selfi तर शङ्काको आधारमा नियन्त्रणमा लिएका मध्ये जितबहादुरको मोबाइलमा रहेको एउटा फोटोमा कमल समेत देखिएपछि तीन जना एउटै समूहका सदस्य रहेको प्रहरीले पुष्टि गर्छ ।

सोही फोटोको माध्यमबाट जितबहादुर श्रेष्ठ (ट्वाटी), सनबहादुर लामा (तामाङ) र युवराज लामा पक्राउ पर्छन् ।जितबहादुरले बोक्ने फोनमा ६ जनाको सेल्फी केही फोटो प्रहरीले भेटाएको थियो । जसमा उनीहरू काठमाडौँबाट धरान आउँदा बाटोमा खिचिएका फोटोहरू थिए ।

तर फोटोमा अन्य दुई जना पनि देखिएपछि उनीहरू बस्ने धरानको एक होटेलमा प्रहरीले छापा मार्दा अन्य दुई जना भने फरार भइसकेका हुन्छन् । फरार हुनेहरूमा काभ्रेकै अनुप क्षेत्री र शंकरमान लामा छन् ।

प्रहरीका अनुसार बास्तोलाबाट लुटिएको रकम यी दुई जनासँग रहेको दाबी छ । दुबैजनाको पनि व्यापक खोजतलास भइरहेको डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । पक्राउ परेका अन्य तिन जनाबाट नगद १२ हजार, एउटा सि माला, लत्ताकपडा तथा मोबाइल सेट बरामद भएको छ ।

गाडी रिजर्भ गरेर लुट्ने योजना

प्रहरी अनुसन्धानको क्रममा उनीहरू काठमाडौँबाट गाडी रिजर्भ गरेर पूर्व आएको खुलेको छ । उनीहरू ८ साउनमा काठमाडौँबाट धरान आएका थिए । पक्राउ पर्नेहरू प्राय यस अघि पनि लुटपाट केशमा मुद्दा चलेका व्यक्ति हुन् । जसमा सनबहादुर लामा (तामाङ) को मात्र ७ वटा प्रहरीमा मुद्दा चलेका पेशेवर लुटेरा हुन् । यस्तै कमल लामाको पनि काठमाडौँमा क्षेत्रमा दुई वटा चोरी तथा डाका मुद्दा छ ।

‘सबैको आपराधीक पृष्ठिभुमी चोरी डाका तथा पकेटमार केशमा सम्बन्धी छ, उनीहरू पेशेवर रूपमा चोरी गर्ने समूह हुन’ डिएसपी भण्डारीले भने ‘पूर्वको झापा, मोरङ र सुनसरीमा लुटपाट गर्ने योजनाको साथ उनीहरू यहाँ आएको देखिन्छ’ ।

पूर्वमा आउन साथ उनीहरू पक्राउ पर्नुले ठुलो दुर्घटना टरेको भण्डारीको तर्फ छ । लकडाउन यता यस्ता समूह योजनाबद्ध रूपमा सक्रिय हुन थालेको बताउँदै प्रहरीले पनि यस्ता व्यक्तिहरूको निगरानी बढाउन थालेको अपराध न्युजलाई जानकारी दिए ।

यो पनि : 

इटहरीमा बस भित्रै तीन जनाको समूहबाट ५७ वर्षीय वृद्ध लुटिए

 

सम्बन्धित समाचारहरु

भोजपुरमा वडाध्यक्षद् ...

साल्पासिलिछो गाउँपालिका-१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय एक वृद्धमाथि निर्घात कुटपिट गरेक ...

मोरङमा लागुऔषध कारोब ...

लागूऔषध भण्डार गरेर कारोबार भइरहेको अबस्थामा प्रहरीले कारोबारीलाई नियन्त्रणमा लिने क्रममा मोरङको बूढ ...

कोरोनाको जोखिम न्यून ...

लकडाउन खुलेसंगै झापाको बिर्तामोडमा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय अनारमनी ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved