सरकारी कर्मचारीदेखि नेता तथा शिक्षकको जुवा खालबाट पक्राउ

alt
  • श्रावण १२, २०७७
  • अपराध न्यूज

पाँचथर सदरमुकाम फिदिम बजारको एक घरमा जुवा खेलिरहेका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटेको प्रहरी टोलिले आइतबार राती उनीहरुलाई पक्राउ गरेको हो ।  

जुवाको खालबाट दुई लाख ४७ हजार ९ सय रुपैयाँ समेत बरामत गरिएको प्रहरी निरीक्षक रोहनराज अर्यालले जानकारी दिए । पक्राउ परेकालाई म्याद थप गरी अनुसन्धान गर्ने तयारी भइरहेको छ । 

पक्राउ पर्नेहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन् । अनुसन्धान भइरहेकाले नाम सार्वजनिक नगरिएको अर्यालको भनाइ छ ।  फिदिममा सञ्चालित समर्पित अस्पतालका सञ्चालक, फिदिम नगरपालिकाका एक कर्मचारी, राजनीतिक दलका नेता, फिदिम माविका एक शिक्षक, निर्माण व्यवसायी, सवारी चालक लगायतलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।  

सम्बन्धित समाचारहरु

भोजपुरमा वडाध्यक्षद् ...

साल्पासिलिछो गाउँपालिका-१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय एक वृद्धमाथि निर्घात कुटपिट गरेक ...

मोरङमा लागुऔषध कारोब ...

लागूऔषध भण्डार गरेर कारोबार भइरहेको अबस्थामा प्रहरीले कारोबारीलाई नियन्त्रणमा लिने क्रममा मोरङको बूढ ...

कोरोनाको जोखिम न्यून ...

लकडाउन खुलेसंगै झापाको बिर्तामोडमा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय अनारमनी ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved