‘पब्जी’ गेमको अनलाइन सपिङमा ठगी गर्ने सुनसरीबाट पक्राउ

alt
  • श्रावण १२, २०७७
  • अपराध न्यूज

युवाहरू माझ लोकप्रिय अनलाइन गेम पब्जीको नाममा अनाधिकृत ठगी गरेको आरोपमा सुनसरीको दुहबीबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुहबीबाट २३ वर्षीय सविर आलम छन् ।

उनले फेसबुकमा पेज बनाई पब्जीको लागि आवश्यक पर्ने युसी, गन स्किन तथा बोनस आदी बेच्दा काठमाडौँ सहित अन्य जिल्लाका युवाहरूलाई ठगी गरेको भन्दै महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा जाहेरी परेको थियो ।

आलमले सुरु सुरुमा इसेवा तथा बैङ्क खातामा पैसा हाल्न लगाउने र युसी पठाउने गर्दथे । तर पछि कयौँ युवाहरूको पैसा लिएर अनलाइन सामाग्री नदिएपछि उनी विरुद्ध जाहेरी परेको हो ।

आलम काठमाडौँ बसेर अध्ययन गरिहरेका विद्यार्थी हुन् । लकडाउन भएपछि उनी दुहबीको आफ्नै घरबाट यो अनाधिकृत अनलाइन व्यवसाय गदै आएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक प्रवीण कार्कीले जानकारी दिए ।

‘उनको विरुद्ध बानेश्वरमा जाहेरी परेको रहेछ’, ‘महाशाखाको आग्रहमा हामीले आलमलाई पक्राउ गरी काठमाडौँ पठाएको मात्र हो’ उनले अपराध न्युजसँग भने ।  उनलाई आइतबार दुहबी शाखाको एनआईसी एसिया बैङ्कबाट ५० हजार नगद निकाल्ने क्रममा पक्राउ गरेको कार्कीले बताए ।

आलमले अनलाइन कामको लागि १० हजारदेखि ५० हजार रुपैयाँसम्म माग्ने गरेको पाइएको छ । साथै उनले पब्जी अलावा विभिन्न सफ्टवेयर, तथा एपलिकेशनको अनलाइन खरिद बिक्री गर्नलाई विभिन्न कम्पनीको नाममा फेसबुक पेज खोलेको बताइएको छ ।

आलमले हालसम्म ७५ हजार रुपैयाँ ठगी गरेको प्रहरीमा जाहेरी परेको छ । तर, उनको बैङ्क खातामा ठुलो परिमाणको कारोबार रहेको पाइएको छ । प्रहरीले विस्तृत अनुसन्धान थालेको छ ।

 

 

सम्बन्धित समाचारहरु

भोजपुरमा वडाध्यक्षद् ...

साल्पासिलिछो गाउँपालिका-१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय एक वृद्धमाथि निर्घात कुटपिट गरेक ...

मोरङमा लागुऔषध कारोब ...

लागूऔषध भण्डार गरेर कारोबार भइरहेको अबस्थामा प्रहरीले कारोबारीलाई नियन्त्रणमा लिने क्रममा मोरङको बूढ ...

कोरोनाको जोखिम न्यून ...

लकडाउन खुलेसंगै झापाको बिर्तामोडमा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय अनारमनी ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved