इटहरीमा बस भित्रै तीन जनाको समूहबाट ५७ वर्षीय वृद्ध लुटिए

alt
  • श्रावण १०, २०७७
  • अपराध न्यूज

इटहरीमा शुक्रवार एक जना वृद्ध बसमै लुटिएका छन् । धरान ८ सिद्धकाली चौकका ५७ वर्षीय डम्बर प्रसाद बास्तोला इटहरीको पूर्वी बस स्टेनमा तीन जनाको समूहबाट साथमा रहेको एक लाख रुपैयाँ नगद लुटिएका हुन् ।

कवाडी व्यवसायी उनी सामान खरिद र कर्मचारीलाई तलब दिन इटहरी आएका थिए ।

लुटिएका बास्तोलाका अनुसार शुक्रवार दिउसो २ बजे आफू बस स्टेनमा ओर्लिन लाग्दा बस भित्रै तीन जनाको समूहले लुटपाट गरेको बताए ।

‘दुई वटा गोजीमा पैसा राखेको थिए, उनीहरू इटहरीकै हलगडाबाट बसमा चढेका थिए । म बसेको सिट नजिकै उनीहरू बसे । बस पूर्वी स्टेन पुगेपछि म ओर्लिने क्रममा बस भित्रै उनीहरूले मलाई जबरजस्ती लुटे ।’ पछि मलाई बसबाट धकेल्दिएर झार्दिए ।

सोही बसमा भागेका उनीहरूलाई एक जना मोटरसाइकल चालक मार्फत बसलाई बुढी खोलाको पुलमा छेकेर रोकेपछि लुटपाट गर्ने मध्ये एक जना बसमा हाम फालेर भागेको उनले अपराध न्यूजलाई जानकारी दिए । पछि लखेट्दै स्थानीयको सहयोगबाट पुलदेखि एक किलोमिटर परबाट पक्राउ गरी प्रहरीलाई बुझाएको हो ।

सोही मौकामा बाँकी दुई जना भने फरार भएको उनको भनाई छ ।

पक्राउ परेका एक जना लुटेरा भने पश्चिम धादिङ ठेगाना भएको बताइएको छ । यता इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ परेकासँग अन्य दुईको विवरण निकाली खोजतलासमा जुटेको छ ।

 

सम्बन्धित समाचारहरु

भोजपुरमा वडाध्यक्षद् ...

साल्पासिलिछो गाउँपालिका-१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय एक वृद्धमाथि निर्घात कुटपिट गरेक ...

मोरङमा लागुऔषध कारोब ...

लागूऔषध भण्डार गरेर कारोबार भइरहेको अबस्थामा प्रहरीले कारोबारीलाई नियन्त्रणमा लिने क्रममा मोरङको बूढ ...

कोरोनाको जोखिम न्यून ...

लकडाउन खुलेसंगै झापाको बिर्तामोडमा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय अनारमनी ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved