अप्राकृतिक मैथुन गरेको आरोपमा १९ वर्षीय बालक पक्राउ

alt
  • श्रावण ८, २०७७
  • अपराध न्यूज

मोरङको सुन्दरहरैचा नगरपालिका २ मा अप्राकृतिक मैथुन गरेको आरोपमा १९ वर्षीय बालक पक्राउ परेका छन् । साउन १ गते १९ वर्षीय बालकले १३ वर्षीय बालकलाई नै अप्राकृतिक मैथुन गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलबारीले बालकलाई पक्राउ गरी बाल न्याय कार्यविधि अनुसार मुद्दा चलाएको छ ।

पक्राउ परेका बालकले घर नजिकै उखुबारीमा ती १३ वर्षीय बालको मलद्वारमा लिङ्ग प्रवेश गराई अप्राकृतिक मैथुन गरेको भनेर बेलबारी प्रहरीमा जाहेरी परेको थियो ।

जाहेरी पश्चात् १९ वर्षीय बालकलाई सोही साँझ घरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।

कसूर गर्दाको परिस्थिति, पारिवारिक अवस्था र सुध्रन सक्ने सम्भावना समेतलाई बिश्लेषण गरी बाल न्याय कार्यविधि अनुसार बिज्याईकर्ता बालकलाई सजाय हुने बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

‘हामीले अहिले म्याद थप गरी अनुसन्धान अघि बढाएका छौ’ उनले अपराध न्यूजसँग भने ‘बालबालिका सम्बन्धी केश भएकाले आवश्यक परामर्श लिई काम गरिहरेका छौ ।’

सम्बन्धित समाचारहरु

भोजपुरमा वडाध्यक्षद् ...

साल्पासिलिछो गाउँपालिका-१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय एक वृद्धमाथि निर्घात कुटपिट गरेक ...

मोरङमा लागुऔषध कारोब ...

लागूऔषध भण्डार गरेर कारोबार भइरहेको अबस्थामा प्रहरीले कारोबारीलाई नियन्त्रणमा लिने क्रममा मोरङको बूढ ...

कोरोनाको जोखिम न्यून ...

लकडाउन खुलेसंगै झापाको बिर्तामोडमा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय अनारमनी ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved