आईजीपीको निर्देशन – कानुन कार्यान्वयनमा नचुक्नुस्, नझुक्नुस्

alt
  • श्रावण ५, २०७७
  • अपराध न्यूज

प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले कानुनको कार्यान्वयनमा नचुक्न र नझुक्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा सोमबार महानगरीय प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई सम्बोधन गर्दै आईजीपी थापाले उच्च नैतिक आचरण र व्यवहार प्रदर्शन गरी आफ्नो पेसागत कर्तव्य पूरा गर्न निर्देशन दिएका हुन् ।

प्रहरी कार्यालयमा आउने हरेक सेवाग्राहीसमक्ष प्रहरीले उच्च आचरण र व्यवहारसहित प्रस्तुत भएमा प्रहरीप्रति आमनागरिकको दृष्टिकोण सकारात्मकरुपमा परिवर्तन हुने भन्दै उनले छिटोछरितो सेवा प्रवाहमा अग्रसर हुनुपर्ने बताए ।

अपराध अनुसन्धान तथा नियन्त्रणलाई थप प्रभावकारी र प्रमाणमुखी बनाउनुपर्नेमा जोड दिँदै आईजीपी थापाले भने, ‘अपराध कार्य नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा प्रहरीले समेत समयानुसार आफूलाई परिवर्तन गर्दै पुलिसिङका नयाँ तरिका र पेसा सम्बन्धी अध्ययन गरी अगाडि बढ्नुपर्छ ।’

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले आईजीबाट प्राप्त निर्देशन सम्बोधन अक्षरस पालन गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रहरी कर्मचारीहरु एक्यबद्ध भई अगाडि बढेमा प्रहरीले गर्ने हरेक काम कारबाहीको गन्तव्य निर्धारणका लागि सहजता हुने उल्लेख गर्दै उनले थप व्यवसायिक क्षमता, लगनशीलताकासाथ नयाँ परिस्थिति र चुनौतीको सामना गर्न प्रहरी कर्मचारीहरु तयार रहेको बताए ।

यो पनि : 

अवैध माछा छाड्न सुनसरीका एसपीलाई सङ्गठनबाटै चौतर्फी दबाब

 

सम्बन्धित समाचारहरु

भोजपुरमा वडाध्यक्षद् ...

साल्पासिलिछो गाउँपालिका-१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय एक वृद्धमाथि निर्घात कुटपिट गरेक ...

मोरङमा लागुऔषध कारोब ...

लागूऔषध भण्डार गरेर कारोबार भइरहेको अबस्थामा प्रहरीले कारोबारीलाई नियन्त्रणमा लिने क्रममा मोरङको बूढ ...

कोरोनाको जोखिम न्यून ...

लकडाउन खुलेसंगै झापाको बिर्तामोडमा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय अनारमनी ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved