मोरङमा बाबु-छोरानै चोरीमा संलग्न !

alt
  • श्रावण ४, २०७७
  • अपराध न्यूज

मोरङको उर्लाबारीमा भएको एउटा चोरीको घटनामा बाबु-छोराकै संलग्न रहेको पाइएको छ ।  उर्लाबारी नगरपालिका-३ मंगलबारे टोलका अम्बिाकाप्रसाद रिजालको घरमा साउन १ गते बिहान ३ बजेतिर चोरी भएको थियो ।

प्रहरीका अनुसार रिजालको घरबाट ओप्पो र सामसुङका मोबाइल सेट, चाँदीको पाउजु, सुनका गहना, कासका थाल तथा लत्तापकडा चोरी भएको थियो ।  चोरीमा उर्लाबारी-३ सालबारीका १८ वर्षीय सुनिल उराउ उनका बुवा ५५ वर्षीय मुगु उराउको संलग्नता देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । 

उराउको घरबाट चोरी भएका सामान बरामद भएपछि बाबु छोरालाई पक्राउ गरेर चोरी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी राईले दिए ।  घटनामा संलग्न २१ वर्षीय वाँया चौधरी फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचारहरु

भोजपुरमा वडाध्यक्षद् ...

साल्पासिलिछो गाउँपालिका-१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय एक वृद्धमाथि निर्घात कुटपिट गरेक ...

मोरङमा लागुऔषध कारोब ...

लागूऔषध भण्डार गरेर कारोबार भइरहेको अबस्थामा प्रहरीले कारोबारीलाई नियन्त्रणमा लिने क्रममा मोरङको बूढ ...

कोरोनाको जोखिम न्यून ...

लकडाउन खुलेसंगै झापाको बिर्तामोडमा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय अनारमनी ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved