केन्द्र राजनीतिको प्रभाव : सीमा क्षेत्रमा सुरक्षा निकायको सक्रियता ‘एक्कासि’ बढ्यो

alt
  • श्रावण ३, २०७७
  • अपराध न्यूज

सुनसरीको सीमा क्षेत्रमा पछिल्लो दुई दिनमा भएका दुई घटना नेपाल भारत बिचको सीमा विवादको असर भएको दाबी गरिएको छ । लिपुलेक सहितको जमिन समेटेर नेपालले जारी गरेको नयाँ नक्सापछि भारत विरुद्ध आक्रामक बनेको नेपाल अनि सीमा क्षेत्रमा गृह मन्त्रालयले जारी गरेको एउटा आदेशले अहिले सिमाना हुने तस्करी नियन्त्रणमा पनि प्रत्यक्ष असर देखिएको हो ।

गृह मन्त्रालयले २७ असारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दिइएको निर्देशन अनुसार भारतीय सीमाबाट नेपालमा हुने तस्करीजन्य कार्यमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने भनिएको छ । प्रदेश १ को सुनसरी, मोरङ, झापा र इलाम जिल्लालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर वाट गृह मन्त्रालयबाट आएको निर्देशन सर्कुलर गरिएको थियो ।

विशेष गरी सिमामा खटिने सशस्त्र प्रहरीलाई तस्करी रोक्न स्पष्ट निर्देशन दिइएको छ ।

भारतीय सुरक्षा निकाय खुलेआम सीमाबाट नेपाल छिरेको घटनालाई पनि केन्द्रित गरी सिमाना हुने आवत जावतमा अन्य दिन भन्दा अहिले सिमाना कडाइ गरिएको सुरक्षा निकाय स्रोतले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीका एक उच्च अधिकृत भन्छन्, गृहबाट अहिले हामीलाई स्पष्ट रूपमा तस्करी नियन्त्रण र भारतीय गतिविधिमाथि केन्द्रित गराएको छ । पछिल्लो देशको राजनीतिसँग सीमाको इष्युमालाई पनि हेरिएको अवस्था छ । गृह मन्त्रालयले प्रदेश १ मा थप सशस्त्र प्रहरीको लागि विओपी समेत थप्ने योजनामा बनाएको छ ।

यता नेपाल प्रहरीलाई पनि सीमा केन्द्रित हुन भनिएको छ । २५ असारमा शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीको नवनियुक्त आइजिपीको शपथ लिएपछि पहिलो निर्देशनमा पनि सीमाको विषय केन्द्रित छ ।
सीमासँग जोडिएका जिल्लामा आपराधिक क्रियाकलाप नियन्त्रण र घुसपैठ रोक्न कार्य योजना बनाइ काम गर्न निर्देशन दिएका थिए ।

त्यसको असर सुनसरीमा दुई दिनमा भएका दुई घटनाले पुष्टि गरेको छ । २ साउनमा सुनसरीको देवानगंजमा प्रहरी र तस्करबिच गोली हानाहान भएको थियो । जसमा तस्करलाई नियन्त्रण लिन गोली प्रहार गरी दुई जनालाई पक्राउ गरिएको थियो । यो घटनामा तिन जना भारतीय संलग्न थिए जो गोली हानाहानको क्रममा भागेका थिए ।

सुनसरी प्रहरीले यो घटनालाई ‘हाई प्राइरोटी’ मा राखेर अनुसन्धान गरिरहेको छ ।

देवानगंजको घटनाको ठिक एक दिन अर्थात् ३ साउनमा राती सुनसरीको हरिनगर गाउँपालिकाको घुस्कीमा तस्कर र सशस्त्र प्रहरीबिच झडप हुँदा गोली लागि तस्कर समूहका १ जना गम्भीर घाइते भए ।

शुक्रवार राति भारतबाट आएका तस्कर समूहले डिउटीमा खटिएका सशस्त्र प्रहरीले बोकेको हतियार खोस्ने क्रममा झडप भएको थियो । भारत तर्फबाट तस्करको ठुलै समूहले विओपीमा खटिएका सुरक्षा कर्मीलाई आक्रमण गरेको सुनसरी प्रहरीको भनाई छ ।

यी दुई घटना रातको समयमा भएको छ । अर्थात् प्राय सीमा क्षेत्रमा घुसपैठ र तस्करीका सामान भित्राउने समय राती नै हो । रातमा तस्करी समूह सक्रिय हुने गर्दछन् ।

रातको समयमा अहिले सीमा क्षेत्रमा हुने तस्करी र घुसपैठ रोक्न सीमासँग जोडिएका जिल्ला प्रहरी कार्यालयले विशेष टिम बनाएको छ । जसलाई आवश्यक परे गोली चलाउन समेत निर्देशन दिइएको छ ।

अझ सीमा क्षेत्रमा हुने गतिविधिलाई निगरानी गर्न पहिलेको भन्दा अहिले सशस्त्र र जनपद प्रहरीले आफ्नो सादा पोसाकका प्रहरी बढाएको छ । जिल्ला अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागले पनि आफ्नो सक्रियता बढाएको अवस्था छ ।

सुरक्षा स्रोतका अनुसार भारतीय सुरक्षा निकायले पनि नेपालसँग जोडिएका भारतीय क्षेत्रबाट खुफिया गतिविधि गरिरहेको सूचना छ । विशेष गरी रअले नेपालसँग जोडिएका सीमा क्षेत्रमा कार्यालय खोलेरै गतिविधि गरिरहेको सूचना नेपाली सुरक्षा निकायलाई छ ।

 

सम्बन्धित समाचारहरु

भोजपुरमा वडाध्यक्षद् ...

साल्पासिलिछो गाउँपालिका-१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय एक वृद्धमाथि निर्घात कुटपिट गरेक ...

मोरङमा लागुऔषध कारोब ...

लागूऔषध भण्डार गरेर कारोबार भइरहेको अबस्थामा प्रहरीले कारोबारीलाई नियन्त्रणमा लिने क्रममा मोरङको बूढ ...

कोरोनाको जोखिम न्यून ...

लकडाउन खुलेसंगै झापाको बिर्तामोडमा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय अनारमनी ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved