कोरोना सम्बन्धी नक्कली एसएमएसदेखि सावधान रहन प्रहरीको आग्रह

alt
  • असार २९, २०७७
  • अपराध न्यूज

कोरोनाको महामारीमा कतिपय सूचना पनि घातक हुनसक्छन् । कोरोना संक्रमितको सम्पर्कमा गएकोले तपाई सामाजिक दूरी कायम गर्दै पीसीआर परीक्षणका लागि तोकिएको मिति, स्थान र समयमा परीक्षणका लागि आउनु भन्दै एसएमएस गर्ने गरेको पाइएको छ ।

प्रहरीका अनुसार यस्तो मेसेज पठाउँदै ठगी गर्ने गरेको पाइएको छ– ‘हाम्रो रेकर्डअनुसार तपाईँ कोरोना पोजिटिभ भएको व्यक्तिसँग सम्पर्कमा आउनुभएकाले तपाईँ आफैंलाई क्वारेन्टीन गर्नुहुन र परिवारका सदस्यहरू तथा साथीहरूसँग सामाजिक दूरी कायम राख्न अनुरोध गरिएको छ । कृपया पीसीआर परीक्षणको लागि निर्धारित समय र स्थानमा उपस्थित हुनुहोला । तपाईंको उपस्थिति अनिवार्य छ । अन्यथा रु. १५,५५० जरिवाना गरिनेछ ।’

तपाईको मोवाइलमा पनि यस्तो एसएमएस आएको छ ? छैन भने आउनसक्छ । केही समययता अपरिचित मानिसले यस्ता एसएमएसहरु व्यापक रुपमा पठाउन थालेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले जनाएको छ । यस्ता झूठा र गलत सूचना दिई जनमानसमा आतंक मच्चाइरहेको पाइएपछि सीआइबीले अनुसन्धान समेत सुरु गरेको छ ।

प्रविधिको प्रयोग गरी छल, छद्म तथा धोखाधडीपूर्ण तरिकाले आपराधिक मनोवृत्तिका व्यक्तिले यसको दुरुपयोग गरिरहेकाले सर्वसाधारणलाई हानी नोक्सानी पुर्याउनसक्ने भन्दै ब्यूरोले ‘यस्ता गलत सन्देशबाट बच्न सबैलाई ध्यानाकर्षण’ समेत गराएको छ । ‘

‘पिटुपी अर्थात् पर्सन टु पर्सन’ नभई इन्टरनेटको सहायताले एप्लिकेशनको प्रयोग मार्फत यस्ता एसएमएसहरु पठाउने गरेको पाइएको छ ।

प्रहरीको पाँच बुँदे सुझाव–
१. एटुपी अर्थात् एप्लिकेसन टु पर्सन एसएमएसबाट प्राप्त एसएमएसहरु छल, छद्म तथा धोखाधडी समेत हुनसक्ने भएकाले मोबाईल प्रयोगकर्ताले सावधानीपूर्वक प्रतिक्रिया गर्नुहुँदैन । यसलाई बेवास्ता गर्नुहोस् वा एसएमएस हटाउनुहोस् ।

२. वित्तीय तथा अन्य सेवा प्रदायक संघसंस्था र टेलिकम्युनिकेसन कम्पनीहरूले तपाईलाई कहिले पनि एसएमएसमार्फत् तपाईंको व्यक्तिगत विवरणहरू उपलब्ध गराउन नसोध्ने हुँदा कहिल्यै पनि आफ्नो विवरण एसएमएसमार्फत नदिनुहोस् ।

३. एसएमएसमार्फत् प्राप्त भएका लिंकहरूमा क्लिक नगर्नुहोस् ।

४. एसएमएसमार्फत प्राप्त हुने लटरी वा छुट जस्ता प्रस्तावको प्रलोभनमा नपर्नुहोस् । यो धोखाधडी हो, सावधान रहनुहोस् ।

५. झुक्याउने एसएमएस प्राप्त गर्नुभयो भने तुरुन्त प्रहरी वा तपाईँको टेलिकम नेटवर्क प्रदायकलाई सम्पर्क गर्नुहोस् ।

नागरिक खबरबाट साभार

सम्बन्धित समाचारहरु

'लैला'ले पत्ता लगायो ...

इलामको माई नगरपालिकामा शिक्षक पुष्पलाल राईको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्।  पक्राउ पर ...

इटहरी प्रहरीको ‘लाइभ ...

दसैँ किनमेलको भिड, त्यसमा पनि शनिवारको दिन । बिहान करिब ११ बजेको समयमा दुई व्यक्ति इटहरीको गोरखा डिप ...

मोरङमा चाडपर्व लक्ष ...

नेपाल–भारत सीमा क्षेत्रलाई लक्षित गर्दै नेपाल प्रहरीले विशेष ढंगको ‘स्वीप अप्रेशन’ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved