आइजिपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिन्ह लगाउने परम्परा बसालौँ

alt
  • असार २९, २०७७
  • सचिन पोखरेल

नेपाल प्रहरी अपराध अनुसन्धान र नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने मुल दायित्व बोकेको मुलुकको एउटा महत्वपूर्ण सुरक्षा संगठन हो । मुलुकमा नागरिकको समग्र सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बोकेको नेपाल प्रहरीकोे औपचारिक स्थापना वि. सं. २०१२ सालमा प्रहरी ऐन जारी भएपछि भएको देखिन्छ । आफ्नो औपचारिक स्थापनापछि नेपाल प्रहरीले वर्तमान अबस्थासम्म आइपुग्दा देशभित्रको आन्तरिक शान्ति सुरक्षा सुदृढ बनाउने कार्यमा आफूलाई प्रभावकारी रुपमा परिचालन गर्दै आएको छ ।

समग्र सुरक्षा अभियानमा प्रभावकारी रुपमा काम गर्दै आएको प्रहरी संगठनले मुलुकमा रहेका महन्वपूर्ण निकाय र प्रतिष्ठानहरुको सुरक्षाका साथै विशिष्ठ र अतिविशिष्ठ व्यक्तित्वहरुको सुरक्षाको जिम्मेवारीसमेत वहन गर्दै आएको छ । यसका अतिरिक्त सडक सुरक्षा, विपत व्यवस्थापन र पीडितहरुको खोज तथा उद्धार लगायतका कामको दायित्व पनि प्रहरीले नै बोकेको छ । अन्तराष्ट्रिय प्रहरी संगठनहरुसँग नियमित रुपमा सम्पर्क र समन्यव गर्दै सुरक्षा प्रतिकुल, गैरकानूनी र आपराधिक क्रियाकलापको रोकथाम नियन्त्रण र न्यूनिकरणका काम कार्वाही र त्यस सम्बन्धी आबश्यक नीति र योजना तर्जुमा गर्ने सवालमा पनि प्रहरीकै भूमिका छ । यस बाहेक संयुक्त राष्ट्र संघमा पनि नेपाल प्रहरीले आफूलाई वि. सं. २०४८ सालको फागुन २९ गतेदेखि निरन्तर उपस्थित गराइरहेको छ ।

यसरी राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा समेत समन्वय गर्दै आम नागरिकको समग्र सुरक्षाको जिम्मेवारी बोकेको प्रहरी संगठनको नेतृत्व विहिबारबाट औपचारिक रुपमा परिवर्तन भएको छ । मन्त्रिपरिषद्को गत असार २३ गतेको निर्णय अनुसार प्रहरी महानिरीक्षक (आईजीपी) पदमा नियुक्त भएका नेपाल प्रहरीका एक कुशल, व्यवसायिक र इमान्दार अधिकृत शैलेश थापा क्षेत्रीले संगठनको नेतृत्व सम्हालेका छन् । प्रहरीको अतिरिक्त महानिरीक्षकबाट महानिरीक्षकमा पदोन्नती भएका शैलेश थापा क्षेत्रीलाई विहिबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्हबाट सुशोभित गरेका थिए । यसरी मुलुकको समग्र शान्ति सुरक्षाको निकै महत्वपूर्ण जिम्मेवारी बोकेको प्रहरी संगठनको नेतृत्व लिएका महानिरीक्षकलाई गृहसचिव तहको व्यक्तिले दर्ज्यानी चिन्ह लगाइदिएको दृश्यले आम सर्वसाधारणलाई लज्जित बनाएको छ ।

गृहसचिव र प्रहरी महानिरीक्षक दुबै विशिष्ठ श्रेणीमा पर्ने समान पद हो । त्यसैले एउटा विशिष्ठ श्रेणीको महानिरीक्षकलाई समान श्रेणीमा बसेका गुहसचिवले दर्ज्यानी चिन्हबाट सुशोभित गरेको विहिबारको दृश्यले सबैमा लज्जाबोध भएको हो । हुन त यो परम्परा नेपालमा पहिलो पटक भएको भने होइन । विगत लामो समयदेखि नै नवनियुक्त प्रहरी महानिरीक्षकलाई गृहसचिवले नै दर्ज्यानी चिन्ह लगाइदिने प्रचलन छ । मुलुकको अर्को महत्वपूर्ण सुरक्षा निकाय नेपाली सेनामा प्रधानसेनापति नियुक्त गर्दा राष्ट्रपतिले दर्ज्यानी चिन्हबाट सुशोभन गर्ने संस्कार र परम्परा छ । यो मुलुकको नयाँ प्रधानसेनापति प्रतिको सम्मान पनि हो । साथै राष्ट्रपतिबाटै देश र जनताको नाममा सेनापतिले शपथ लिने प्रचलन पनि छ ।

अब त लाज हुनुपर्छ सरकार ! सम्मान चाहिनेहरुले सम्मान दिन पनि सिक्नु पर्यो । त्यसैले प्रधानमन्त्रीको तहबाट प्रहरी र सशस्त्र प्रहरीका नयाँ नेतृत्व लिनेहरुलाई दर्ज्यानी चिन्हबाट सुशोभन गरी सम्मान दिने पद्धतिको अनिवार्य विकास गर्नु अत्यावश्यक भएको छ । यस्तो हुन सक्यो भने प्रहरीको नयाँ नेतृत्वले सम्मान पाउनुका साथै सिंगो संगठनको नै मनोबल बढेर जान्छ । त्यही मनोबलकै कारणले मुलुकको शान्ति स्थापना अभियानले सार्थकता पाउने हो । यो कुरा किन बुझ्दैन राज्य ? राज्यलाई पढाउने कस्ले ?

के प्रहरी संगठनको नवनियुक्त नेतृत्व अर्थात महानिरीक्षकलाई समान श्रेणीको गृहसचिवको सट्टा मुलुकको प्रधानमन्त्री तहबाट दर्ज्यानी चिन्ह लगाइदिने संस्कारको थालनी गर्नु पर्ने होइन ? कुना काप्चा, गाँउ गाँउ, टोल छिमेक, हिमाल पहाड तराइ हरेक क्षेत्रमा नागरिक सरकारको प्रत्यक्ष प्रतिनिधित्व गर्दै शान्ति सुरक्षामा खटिने नेपाल प्रहरी नै त हो । तसर्थ यस्तो महत्वपूर्ण जिम्मेवारी बोकेको संगठनको नेतृत्व सम्हाल्ने प्रहरी महानिरीक्षकलाई प्रधानमन्त्रीबाट दर्ज्यानी चिन्ह लगाई सुशोभन गरी सम्मान दिने पद्धतिको विकास गर्दा कस्को के बिग्रने थियो ?

झण्डै असी हजारको संख्यामा रहेको यही प्रहरी संगठनले नै हरेक क्षेत्रमा नागरिक सरकारको प्रतिनिधित्व गरिरहेको छ ।प्रहरीले नै राज्यको हरेक काम कार्वाहीमा प्रत्यक्ष र परोक्ष रुपमा साथ दिइरहेको छ । अहिले कोरोनाको यो संक्रमणकालिन र जटिल परिस्थितिमा पनि सरकारको प्रत्यक्ष प्रतिनिधित्व गर्दै प्रहरी सेना लगायतले नै सशक्त जिम्मेवारी सम्हालिरहेको छ । कोरोनाको हटस्पट बनेको झापाको कचनकवल अनी बाँकेको नरैनापुर क्षेत्रका सर्वसाधारणले सरकारसँग हारगुहार गरेपछि नागरिक सरकारको रुपमा परिचालित भएको यही प्रहरी संगठन होइन र ?

अझ प्रधानसेनापतिलाई जस्तै महानिरीक्षकलाई पनि देश र जनताप्रति पूर्ण प्रतिबद्ध गराउदै शपथग्रहण पनि गराउनु पर्ने होइन र ? यस्तै सरकारद्धारा जारी मर्यादाक्रममा १३औं वरियता क्रममा राखिएको प्रहरी महानिरीक्षकलाई १०औं वरियता क्रममा राखिएको प्रधानसेनापतिदेखि ठिक तल राख्दा अत्यन्तै सान्दर्भिक रहन्छ ।

यही संगठनबाट नै राज्यले हरेक काम लिने, यसका अतिरिक्त आफ्नो सुरक्षामात्र नभई यसैबाट सम्मान र सलामी लिने राज्यका जिम्मेवार पदाधिकारीहरुले प्रहरी संगठन र यसको नेतृत्वलाई सम्मान दिन जान्नु पर्दैन ? अब त लाज हुनुपर्छ सरकार ! सम्मान चाहिनेहरुले सम्मान दिन पनि सिक्नु पर्यो । त्यसैले प्रधानमन्त्रीको तहबाट प्रहरी र सशस्त्र प्रहरीका नयाँ नेतृत्व लिनेहरुलाई दर्ज्यानी चिन्हबाट सुशोभन गरी सम्मान दिने पद्धतिको अनिवार्य विकास गर्नु अत्यावश्यक भएको छ । यस्तो हुन सक्यो भने प्रहरीको नयाँ नेतृत्वले सम्मान पाउनुका साथै सिंगो संगठनको नै मनोबल बढेर जान्छ । त्यही मनोबलकै कारणले मुलुकको शान्ति स्थापना अभियानले सार्थकता पाउने हो । यो कुरा किन बुझ्दैन राज्य ? राज्यलाई पढाउने कस्ले ?

प्रहरी संगठनको गरिमा वृद्धिका लागि पनि, अनी प्रहरी जस्तो जिम्मेवार संगठनको नेतृत्वको सम्मानका लागि पनि प्रधानमन्त्रीबाट नै नवनियुक्त प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिन्ह लगाइदिने परम्परा तत्काल सुधार्नु पर्ने देखिन्छ । अझ प्रधानसेनापतिलाई जस्तै महानिरीक्षकलाई पनि देश र जनताप्रति पूर्ण प्रतिबद्ध गराउदै शपथग्रहण पनि गराउनु पर्ने होइन र ?

यस्तै सरकारद्धारा जारी मर्यादाक्रममा १३औं वरियता क्रममा राखिएको प्रहरी महानिरीक्षकलाई १०औं वरियता क्रममा राखिएको प्रधानसेनापतिदेखि ठिक तल राख्दा अत्यन्तै सान्दर्भिक रहन्छ ।

त्यसैले प्रधानमन्त्रीबाट नवनियुक्त प्रहरी प्रमुखलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्दै शपथ खुवाउने, सुशोभन समारोहलाई मुलुककै एउटा महत्वपूर्ण अवसरको रुपमा राज्यले लिने, समारोहमा सबै सुरक्षा निकायका प्रमुखहरुका साथै विशिष्ठ व्यक्तित्वहरुलाई आमन्त्रण गर्ने परम्पराको विकास गरी यस्ता सुरक्षा संगठन र नेतृत्वको सम्मान गर्ने र उनीहरुको मनोबल तथा गरीमा बढाउने तर्फ राज्यले सोच्नै पर्ने देखिन्छ ।

(पोखरेल सुनसरीका क्रियाशील अग्रज पत्रकार हुन)

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved