सङ्खुवासभा पहिरो : हेलिकप्टर आउन नसकेपछि राहत सामाग्री पुराउन समस्या

alt
  • असार २९, २०७७
  • अपराध न्यूज

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवामा आइतबार गएको पहिरोका कारण पीडित परिवारलाई प्रदेश १ सरकारले सेनाको हेलिकप्टर मार्फत राहत सामाग्री पठाउने भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव (प्रवक्ता) कमल बहादुर थापाका अनुसार पहिरो पीडित ८२ परिवारलाई दाल, चामल, नुन, तेल र टेन्ट पठाउने तयारी भएपनि खराब मौसमका कारण सेनाको एमआई १७ हेलिकप्टर आउन नसकेको जानकारी दिए ।

‘विराटनगर विमानस्थलबाट राहत सामाग्री लोड गर्ने भनिएको हो, तर मौसमको कारण काठमाडौँबाट हेलिकप्टर नउडेको अवस्था छ’ उनले अपराध न्यूजसँग भने ‘हेलिकप्टर आउन साथ राहत सामाग्री सङ्खुवासभा पठाउँछौ’ ।

यस्तै सङ्खुवासभामा गएको पहिरोको अवस्था बुझ्न प्रदेश सरकारबाट केही प्रतिनिधि जाने समेत तयारी भएको छ । सङ्घीय सरकारले आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठक मार्फत सङ्खुवासभा गएको पहिरोको लागि राहत सामाग्री तथा उद्धारको लागि सेनाको हेलिकप्टर पठाउने निर्णय गरेको थियो ।

उद्धारमा कठिनाइ

अहिले पनि त्यस क्षेत्रमा निरन्तर पानी परिरहेका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ। अविरल वर्षाले उद्धारका लागि सदरमुकाम खाँदबारीबाट हिँडेका ६० सुरक्षाकर्मी घटनास्थल पुग्न सकेका छैनन्।

उद्धार तथा बेपत्ताको खोजीका लागि सेनाले विपद् व्यवस्थापनको सामग्रीसहित ३० जनाको टोली खटाएको छ भने नेपाल प्रहरीका १५ जना र सशस्त्र प्रहरीका १५ जना घटनास्थलतर्फ लागेका छन्। घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिन टाढा पर्छ । यातायातका साधन नचल्ने भएकाले प्रहरी हिँडेरै घटनास्थलतर्फ हिँडेका हुन् । 

यता पहिरोको उच्च जोखिम भएपछि सो गाउँका ७३ घरपरिवारलाई सिसुवाखोला नजिकैको चित्रेडाँडामा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए। ती घर पहिरोले कुनै पनि बेला बगाउन सक्ने खतरा भएपछि सुरक्षाकर्मीले सुरक्षित रूपमा सारेको प्रहरी प्रमुख मल्लले जानकारी दिए। 

सम्बन्धित समाचारहरु

भोजपुरमा वडाध्यक्षद् ...

साल्पासिलिछो गाउँपालिका-१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय एक वृद्धमाथि निर्घात कुटपिट गरेक ...

मोरङमा लागुऔषध कारोब ...

लागूऔषध भण्डार गरेर कारोबार भइरहेको अबस्थामा प्रहरीले कारोबारीलाई नियन्त्रणमा लिने क्रममा मोरङको बूढ ...

कोरोनाको जोखिम न्यून ...

लकडाउन खुलेसंगै झापाको बिर्तामोडमा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय अनारमनी ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved