सङ्खुवासभामा महिला हत्याको आरोपमा श्रीमान् र नन्द पक्राउ

alt
  • असार २६, २०७७
  • अपराध न्यूज

सङ्खुवासभामा एक महिलाको बीभत्स हत्या गरेको आशङ्कामा आफ्नै श्रीमान् र नन्द पक्राउ परेका छन् । बिहीबार बिहान सङ्खुवासभाको धर्मदेवी नगरपालिका–९ मुलगाउँ जङ्गलमा घाँस काट्न गएकी मनमाया जिमीको धारिलो हतियार प्रहारबाट हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

घटनाको अनुसन्धानको क्रममा महिलाको श्रीमान् रुद्र जिमी र नन्द कुमारी जिमीलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी नवराज मल्लले अपराध न्युजलाई जानकारी दिए । साथै घटनामा प्रयोग भएको खुकुरी समेत घटनास्थलदेखि केही पर बरामद भएको उनले बताए ।

‘जिमीको टाउको, अनुहार र खुट्टामा खुकुरी प्रहार भएको देखिन्छ’ मल्ले भने ‘घटनामा परिवारजनकै हात हुनसक्ने आशङ्कामा दुई जनालाई पक्राउ गरेका छौ’, अनुसन्धान भइहेको छ ।’

मृतक जिमी बुधवार घर नजिकै घाँस काट्न गएकी थिइन्। श्रीमती घर नआएपछि श्रीमान् रुद्र जिमी र छोरा खोजी गर्दै मुलगाउँको जङ्गलमा पुग्दा बिहीबार बिहान उनी मृत अवस्थामा फेला परेकी थिइन् ।

सम्बन्धित समाचारहरु

भोजपुरमा वडाध्यक्षद् ...

साल्पासिलिछो गाउँपालिका-१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय एक वृद्धमाथि निर्घात कुटपिट गरेक ...

मोरङमा लागुऔषध कारोब ...

लागूऔषध भण्डार गरेर कारोबार भइरहेको अबस्थामा प्रहरीले कारोबारीलाई नियन्त्रणमा लिने क्रममा मोरङको बूढ ...

कोरोनाको जोखिम न्यून ...

लकडाउन खुलेसंगै झापाको बिर्तामोडमा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय अनारमनी ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved