चकलेटमा नसालु पदार्थ मिसाएर बलात्कार : पेटमा ४ महिनाको गर्भ

alt
  • असार २६, २०७७
  • अपराध न्यूज

सामूहिक बलात्कारमा परेकी एक किशोरी गर्भवती भएको घटना बाहिरिएको छ। मोरङको उर्लाबारीकी १७ वर्षीया किशोरीको पेटमा चार महिनाको गर्भ रहेको तथ्य खुलेको हो। उर्लाबारी नगरपालिका-५ का ३० वर्षीय प्रदीप खतिवडा र २१ वर्षीय भेषराज आचार्यले गत फागुन २७ गते किशोरीमाथि सामूहिक बलात्कार गरेका मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।

बलात्कारबाट किशोरीको गर्भ बसेको उनले जानकारी दिए। चकलेटमा नसालु पदार्थ मिसाएर खुवाउँदै अर्धबेहोस बनाएर खतिवडा र आचार्यले किशोरीमाथि पालैपालो बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।

घरमा कोही पनि नभएको र दिउँसो घरमा एक्लै बसिरहेका बेला किशोरी सामूहिक बलात्कारको सिकार भएको राईले बताए। ‘घरका अभिभावक काममा गएको बेला दुई युवा पुगेछन्’, उनले भने, ‘चकलेटमा नसालु पदार्थ मिसाएर खान दिएपछि अर्धचेत भएकी बालिकालाई बलात्कार गरेको पाइयो।’

खतिवडा र आचार्यले यस विषयमा कसैलाई पनि नभन्न र भनेमा मारिदिनेसम्मको धम्की दिएका थिए। त्यही डर र त्रासका कारण किशोरीले घटनाबारे कसैलाई बताइनन्। महिनावारी रोकिएको लामो समय भएपछि पीडित आमाले सोधीखोजी गर्न थालेपछि घटना बाहिर आएको हो।

बलात्कारमा संलग्न दुवै जनाविरुद्ध पीडित किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय उर्लाबारीमा गत सोमबार किटानी जाहेरी दिएका छन्। जाहेरीका आधारमा खतिवडा र आचार्यलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउँदा बलात्कारको तथ्य खुलेको उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले बताए।

उनका अनुसार दुवै जना आफ्नै घरबाट पक्राउ परेका हुन्।

सम्बन्धित समाचारहरु

भोजपुरमा वडाध्यक्षद् ...

साल्पासिलिछो गाउँपालिका-१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय एक वृद्धमाथि निर्घात कुटपिट गरेक ...

मोरङमा लागुऔषध कारोब ...

लागूऔषध भण्डार गरेर कारोबार भइरहेको अबस्थामा प्रहरीले कारोबारीलाई नियन्त्रणमा लिने क्रममा मोरङको बूढ ...

कोरोनाको जोखिम न्यून ...

लकडाउन खुलेसंगै झापाको बिर्तामोडमा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय अनारमनी ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved