काज ‘क्लियर’ अभियान : ७९९ प्रहरी रमाना बुझेर दरबन्दीमा हाजिर भए

alt
  • असार २४, २०७७
  • अपराध न्यूज

१ नम्बर प्रदेशमा काजमा बसेका ७९९ प्रहरी रमाना बुझेर दरबन्दीमा हाजिर भएका छन् । यो सँगै प्रदेश प्रहरीमा काज ‘क्लियर’ गर्ने उद्घोष गरेका डिआइजी ईश्वर बाबु कार्कीको निर्देशन पूर्ण रूपमा कार्यान्वयन भइरहेको जनाइएको छ । 

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार हालसम्म ७९९ जनालाई रमाना बुझेर दरबन्दीमा हाजिर भएको र अझै ८ सय ७ जना रमाना बुझ्न बाँकी रहेको जानकारी दिए ।

हालसम्म इलामबाट ४६, उदयपुरबाट ४५, ओखलढुंगाबाट ३२, खोटाङबाट ४९, झापाबाट ११२, ताप्लेजुङबाट ४३, तेह्रथुमबाट ३७, दङ्गा नियन्त्रण गणबाट २३, धनकुटाबाट ३२ जना सरुवा भएको क्षेत्रमा पठाइएका छन् ।

पाँचथरबाट ६१, भोजपुरबाट ३८, मोरङबाट १२३, विपद् व्यवस्थापन शाखाबाट २, सङ्खुवासभाबाट १९, सुनसरीबाट ११६ र सोलुखुम्बुबाट २१ जना गरी ७९९ जना सरुवा भएको क्षेत्रमा पठाइएको छ ।

यो सङ्ख्याबाट सुनसरी, मोरङ र झापा जिल्लामा प्रहरी बढी काजमा बस्ने गरेको देखाएको छ । बाँकी रहेकालाई पनि चाडै पठाउने गरी डिआईजीसाँवले निर्देशन दिइएको पोखरेलले अपराध न्युजलाई बताए ।

‘सबैलाई एकै पटक पठाउँदा कार्यालयको डिउटी तथा अन्य काम कारबाहीमा असर पुग्ने भएकाले क्रमशः हामीले पठाउँदै छौ’ उनले भने ‘काजमा क्लियर अभियान शतप्रतिशत कार्यान्वयन हुन्छ’ ।

बढीमा साउन पहिलो सातासम्म काज बस्ने सबै प्रहरीलाई पठाउने तयारी भइरहेको उनले बताए ।

डिआइजीको एउटा आदेश जसले प्रदेश १ प्रहरीमा ‘हलचल’ मच्चियो

 

 

सम्बन्धित समाचारहरु

भोजपुरमा वडाध्यक्षद् ...

साल्पासिलिछो गाउँपालिका-१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय एक वृद्धमाथि निर्घात कुटपिट गरेक ...

मोरङमा लागुऔषध कारोब ...

लागूऔषध भण्डार गरेर कारोबार भइरहेको अबस्थामा प्रहरीले कारोबारीलाई नियन्त्रणमा लिने क्रममा मोरङको बूढ ...

कोरोनाको जोखिम न्यून ...

लकडाउन खुलेसंगै झापाको बिर्तामोडमा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय अनारमनी ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved