मोबाइल खोज्ने कार्यमा उत्कृष्ट बन्दै इटहरी प्रहरी

alt
  • असार १४, २०७७
  • अपराध न्यूज

हराएका वा चोरी भएका मोबाइल खोजेर सम्बन्धित धनीलाई बुझाउने कार्यमा इटहरी प्रहरी देशकै नमुना प्रहरी कार्यालय भएको छ ।
२०७६ देखि इटहरी प्रहरीले सिडिआर शाखा स्थापना गरेर मोबाइल खोज्ने काम गदै आएको छ । इटहरी प्रहरीले ७६ वैशाखदेखि ७७ जेठसम्म ५५ लाख मूल्य बराबरको २ सय ३१ वटा मोबाइल धनीलाई बुझाइसकेको छ ।

तत्कालीन डिएसपी समीर चन्द्र खरेलले सिडिआर शाखामा आवश्यक उपकरण जुटाइदिएपछि मोबाइल खोज्ने काममा इटहरी प्रहरी अघि देखिएको हो ।

अहिले इटहरी प्रहरीमा वीरगन्ज, लहान, सिराहा लगायत प्रदेश १ का १४ जिल्लाबाट मोबाइल हराएको वा चोरी भएको उजुरी आउने गरेको छ ।

मासिक रूपमा ३० देखि ४० वटा उजुरी सिडिआर शाखामा आउने गरेको डिएसपी धर्मराज भण्डारी बताउँछन् ।

अन्य प्रहरी कार्यालय भन्दा इटहरीमा छुटै जनशक्ति राखेर मोबाइल खोज्ने गरिएको कारण परिणाम राम्रो देखिएको उनी बताउँछन् ।

‘माया मारेका वा उजुरी दिएर बिर्सी सकेकाहरूको पनि मोबाइल भेटाएर हामीले बुझाएका छौ’ उनले भने ‘मोबाइल भेटाएर धनीलाई बुझाएको सङ्ख्या नेपालमै उदाहरणीय हो’। यसले प्रहरीको अनुसन्धानलाई थप विश्वसनीय बनाएको भण्डारीको तर्क छ ।

४५ थान मोबाइल हस्तान्तरण

आइतबार इलाका प्रहरी कार्यालय इटहरीले थप ४५ वटा मोबाइल सेट सम्बन्धित धनीलाई बुझाएको छ । लकडाउनको समयमा विभिन्न स्थानबाट हराएका मोबाइलहरू भेटाइ एक कार्यक्रमका बिच डिएसपी भण्डारीले बुझाएका हुन् ।  बुझाइएका ४५ वटा मोबाइल करिब १० लाख मूल्य बराबरको भएको बताइएको छ ।

 

 

सम्बन्धित समाचारहरु

सङ्खुवासभा पहिरो : ह ...

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवामा आइतबार गएको पहिरोका कारण पीडित परिवारलाई प्रदेश १ सरकारले ...

सुनसरी प्रहरीको एउटा ...

अपराध अनुसन्धानमा पोख्त प्रहरी अधिकृतको रूपमा परिचित एसपी कमल थापा जिल्ला प्रहरी कार्यालय सुनसरीमा २ ...

छोरी कुटेको रिसमा सा ...

सुनसरीको गढी गाउँपालिका ३ की छवनी देवी उराँव, कान्छी छोरी प्रमीला परिवारको सहमति विपरीत देवानगंज ७ स ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved