नेपाल ल्याइँदै गरेको तीन नवजात शिशुसहित पाँच भारतीय सीमाबाट पक्राउ

alt
  • असार ६, २०७७
  • अपराध न्यूज

भारतको उत्तर प्रदेशस्थित गोरखपुरबाट नेपाल तर्फ ल्याउँदै गरेको तीन नवजात शिशुसहित पाँच जनालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । घटना शुक्रवार रातीको भएको बताइएको छ ।

आगरा प्रहरीका अनुसार उनीहरूलाई गोरखपुरको फतेहाबाद टोलबाट एक कारसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार उनीहरू ती नवजात शिशुलाई नेपाल डेलिभरी गर्न जाँदै गरेको अवस्थामा पक्राउ गरिएको जनाएको छ ।

आगरा प्रहरीका एसपी पूर्वी प्रमोद कुमारका अनुसार नेपालका एक दम्पतीले भाडाको कोखबाट ती नवजात शिशु खरिद गरेको बताएका छन् ।

नेपाली दम्पतीले फरीदाबाद (हरियाणा) को एक समूहलाई सम्पर्क गरेर शिशु खरिद गरेको र शुक्रवार दुई महिला सहित कार चालक नेपालमा डेलिभरी गर्न जाँदै गर्दा उनीहरू प्रहरी नियन्त्रणमा परेको भारतीय न्युज च्यानल जी न्युजले लेखेको छ ।

नेपाली दम्पतीको विषयमा भने कुनै कुरा बाहिर आएको छैन । आगरा प्रहरीले दुवै देशबिचको कनेक्सन खोतल्ने काममा जुटेको बताइएको छ ।

भारतीय प्रहरीले बच्चा डेलिभरी गर्न एउटा कार नेपाल जाँदै गरेको सूचना पाएपछि फतेहाबादमा नाकाबन्दी गरी कारसहित शिशु नियन्त्रणमा लिएको जनाएको छ ।

अनुसन्धानको क्रममा एक शिशु विहारको एक महिलाले तीन लाख भारुमा ती महिलालाई बेचेको तथ्य भेटिएको जी न्युजले लेखेको छ । अन्य दुई शिशु कहाँबाट उनीहरूले ल्याए भन्ने विषयमा अनुसन्धान चलिरहेको आगरा प्रहरीले जनाएको छ । 

गोरखपुर नेपाली सीमा सुनौलीसँग जोडिएको भारतीय जिल्ला हो । 

https://zeenews.india.com/hindi/india/up-uttarakhand/agra-police-detained-5-people-with-three-innocent-children-at-fatehabad-toll/698826?fbclid=IwAR3K1Zko9PO6m4yf1ttXI2weisn0NABby0G93_dqY4OyYywJThJm40Nq-Wo

सम्बन्धित समाचारहरु

सङ्खुवासभा पहिरो : ह ...

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवामा आइतबार गएको पहिरोका कारण पीडित परिवारलाई प्रदेश १ सरकारले ...

सुनसरी प्रहरीको एउटा ...

अपराध अनुसन्धानमा पोख्त प्रहरी अधिकृतको रूपमा परिचित एसपी कमल थापा जिल्ला प्रहरी कार्यालय सुनसरीमा २ ...

छोरी कुटेको रिसमा सा ...

सुनसरीको गढी गाउँपालिका ३ की छवनी देवी उराँव, कान्छी छोरी प्रमीला परिवारको सहमति विपरीत देवानगंज ७ स ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved