लागुऔषध कारोबारी विरुद्ध ‘स्टिङ अप्रेसन’ चलाउँदै सुनसरी प्रहरी

alt
  • असार ३, २०७७
  • अपराध न्यूज

लकडाउन घोषणा भएको झन्डै तीन महिनाको बिचमा सुनसरी प्रहरीले ६ जना लागुऔषध कारोबारीलाई पक्राउ गर्यो । पक्राउ परेकाहरू सीमा क्षेत्रबाट लुकिछिपी खाद्यान्न बोकेका सवारी साधन तथा अन्य माध्यमबाट लागुऔषध भित्राउने गर्दथे ।

पक्राउ परेका प्राय सबै प्रोफेसनल कारोबारी हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीमा भर्खरै नयाँ आएका प्रहरी उपरीक्षक कमल थापाले लागुऔषध ओसारपसारमा संलग्नको विवरण बनाइ उनीहरूको गतिविधिमाथि निगरानी गर्न प्रहरी परिचालन गरेका छन् ।

लकडाउनले सीमा क्षेत्रमा आउजाउ बन्द भएपछि खाद्यान्न बोक्ने गाडीमा लागुऔषध भित्रन थालेपछि प्रहरीले आफ्नो सक्रियता बढाएको हो ।

लागुऔषध कारोबार गरेरै आर्थिक आर्जन गर्ने उनीहरू प्रहरीको फन्दामा परेपछि पछिल्लो समय सीमा क्षेत्रमा लागुऔषधको कारोबार ठप्प भएको प्रहरी उपरीक्षक थापा बताउँछन् ।

यी कारोबारीकै मद्दतबाट भित्रिएका लागुऔषध सुनसरीको धरान, इटहरी, धनकुटा र डाँगीसम्म पुग्ने गरेको उनको भनाई छ । 

‘हामीले अहिले विशेष टिम सीमा क्षेत्रमा खटाएका छौ, ती टिमलाई स्थानीय इन्फरर्मरले पनि सूचना दिन्छन् ।’ थापा भन्छन् , ‘यो अवस्थामा हामीले सप्लाई गर्नेहरुमाथिनै आक्रामक भयौ भने लागु औषधको कारोबार आफै कम हुँदै जान्छ ।’

पक्राउ परेकाहरूबाट ठुलो परिमाणमा लागु औषध समेत बरामद भएको थापाले जानकारी दिए ।

 

सम्बन्धित समाचारहरु

सङ्खुवासभा पहिरो : ह ...

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवामा आइतबार गएको पहिरोका कारण पीडित परिवारलाई प्रदेश १ सरकारले ...

सुनसरी प्रहरीको एउटा ...

अपराध अनुसन्धानमा पोख्त प्रहरी अधिकृतको रूपमा परिचित एसपी कमल थापा जिल्ला प्रहरी कार्यालय सुनसरीमा २ ...

छोरी कुटेको रिसमा सा ...

सुनसरीको गढी गाउँपालिका ३ की छवनी देवी उराँव, कान्छी छोरी प्रमीला परिवारको सहमति विपरीत देवानगंज ७ स ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved