शाखा प्रमुखलाई आत्महत्या दुरुत्साहन मुद्दा

alt
  • असार २, २०७७
  • अपराध न्यूज

तेह्रथुमको लालीगुराँस नगरपालिकाका शिक्षा शाखा प्रमुख रामकृष्ण निरौलाविरुद्ध जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ ।

लालीगुराँस नगरपालिका–८ सोल्माका ३४ वर्षीय कुवेर दाहाललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा उनीविरुद्ध गत जेठ २९ गते जाहेरी परेको थियो ।

मृतकका दाजु खेमप्रसाद दाहालले इलाका प्रहरी वसन्तपुरमा निरौलाविरुद्ध किटानी जाहेरी दर्ता गराएका हुन् । दाहाल गत जेठ २९ गते बिहान रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

स्थानीय कृषि सहकारी संस्थाको व्यवस्थापक रहेका दाहाल र निरौलाबीच जेठ २८ गते बेलुकी टेलिफोन संवाद भएको जाहेरीमा उल्लेख छ । संवादमा निरौलाले विभिन्न आरोप लगाउँदै पैसासमेत मागेको र पैसा उपलब्ध नगराए कालोबजारी गरेको आरोपमा १० वर्ष जेल हालिदिने भन्दै मार्नेसम्मको धम्की दिएको मृतकका दाजुले जाहेरीमा उल्लेख गरेका छन् ।

 

सम्बन्धित समाचारहरु

सङ्खुवासभा पहिरो : ह ...

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवामा आइतबार गएको पहिरोका कारण पीडित परिवारलाई प्रदेश १ सरकारले ...

सुनसरी प्रहरीको एउटा ...

अपराध अनुसन्धानमा पोख्त प्रहरी अधिकृतको रूपमा परिचित एसपी कमल थापा जिल्ला प्रहरी कार्यालय सुनसरीमा २ ...

छोरी कुटेको रिसमा सा ...

सुनसरीको गढी गाउँपालिका ३ की छवनी देवी उराँव, कान्छी छोरी प्रमीला परिवारको सहमति विपरीत देवानगंज ७ स ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved