साइबर अपराध : अनलाइनबाटै उजुरी दिन सकिने

alt
  • जेठ २३, २०७७
  • अपराध न्यूज

साइबर अपराध नयाँ अपराधिक ‘टुल्स’ भएकाले यसमा पीडितमात्रै होइन कारबाही गर्ने निकाय प्रहरी पनि अभ्यस्त भइसकेको छैन। प्रहरीले विभिन्न च्यानलहरु अपनाएर साइबर अपराधलाई नियन्त्रण गर्ने प्रयास भने गरेको पाइन्छ। तर पीडितहरुलाई अझै पनि साइबर अपराध सम्बन्धी ज्ञान नभएकाले कसरी कारबाही गराउने र कहाँ निवेदन दिने भन्ने विषयमा अलमल नै छ। साइबर व्युरोमा काम गर्ने आधिकारीक कार्यालय भएकाले यहीँ निवेदन वा उजुरी दिनु उपयुक्त मानिन्छ। यदी पीडितले अरु प्रहरी कार्यालयमा साइबर अपराधका उजुरी वा निवेदन दिएका छन् भनेपनि यही पठाइन्छ।

अरु अपराधका विषयमा उजुरी दिन प्रहरी कार्यालयमै पुग्नुपर्ने व्यस्था भएतापनि साइबर अपराधबारे उजुरी दिन कार्यालयमै पुग्नु पर्छ भन्ने छैन।

प्रहरीले अनलाईनमार्फत् पनि उजुरी वा निवेदन दिन सकिने व्यवस्था गरेको छ। त्यसको लागि निवेदन टाइप गरी शीर्षक छुट्याएर प्रमाणसहित [email protected] इमेल गर्न सकिन्छ।

स्क्रीन सर्ट, परिचयपत्र, लिंक, भिडियो, अडियो, फोटो लगायत प्रमाण निवेदनसँगै पठाउनुपर्ने हुन्छ। यसबाहेक ९८५१२८६७७१ मा फोन गरी उजुरी टिपाउन पनि सकिने व्युरोका एसपी राकेश सिंहले जानकारी दिए। 

प्रहरीले यसरी बन्द गर्छ सामाजिक सञ्जाल  

प्रहरीले निवेदकको सबै प्रमाण हेर्छ। त्यसपछि सामाजिक सञ्जालको कुन माध्यम (फेसबुक, टुइटर, युट्युब, इन्ट्राग्राम, भाइबर, म्यासेन्जर)बाट अपराध भएको हो त्यो पत्ता लगाउँछ। कुन इन्टरनेट कम्पनी प्रयोग गरेको छ त्यसबारे पनि सर्र्च गर्छ। आइपी ठेगाना पत्ता लागेपछि प्रयोग भएको आइडी सर्च गर्छ। आइडी र निवेदनलाई तुलना गर्छ।

पोष्ट गरिएका विषयहरु डिलिट भए नभएको चेक गर्छ। त्यसपछि न्युयोर्क र सिंगापुर तथा त्यो सामाजिक सञ्जालको आधिकारी कार्यालय जहाँ छ त्यही पठाएर बन्द गर्न लगाउँछ।

यो पनि :

कसैले व्यक्तिगत जानकारी मागे नदिनू : नेपाल प्रहरी

 

सम्बन्धित समाचारहरु

सङ्खुवासभा पहिरो : ह ...

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवामा आइतबार गएको पहिरोका कारण पीडित परिवारलाई प्रदेश १ सरकारले ...

सुनसरी प्रहरीको एउटा ...

अपराध अनुसन्धानमा पोख्त प्रहरी अधिकृतको रूपमा परिचित एसपी कमल थापा जिल्ला प्रहरी कार्यालय सुनसरीमा २ ...

छोरी कुटेको रिसमा सा ...

सुनसरीको गढी गाउँपालिका ३ की छवनी देवी उराँव, कान्छी छोरी प्रमीला परिवारको सहमति विपरीत देवानगंज ७ स ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved