रादन हत्या प्रकरण : प्रज्वललाई ‘सम्झाउँदा’ उल्टै साथी बोलाएर गरेका थिए आक्रमण

alt
  • जेठ २०, २०७७
  • अपराध न्यूज

लकडाउनले बेलायत जानबाट अड्किएका इटहरी २० एकता टोलका २८ वर्षीय रादन राई अन्य साँझजस्तै आइतबार कृष्ण घिमिरेको पसलमा मदिरा पिउन पुग्छन् । सटर लगाएको देखेपछि बाहिरबाटै रादनले फोन गरेर पसल भित्र अरू कोको छ भनेर कृष्णलाई सोध्छन् ।

भित्र प्रज्वल तामाङ रहेको भनेर कृष्णले रादनलाई भन्छन् । बाहिरबाटै रादनले ‘प्रज्वल भाइ घर जाँउ’ भनेर आग्रह गर्छन् ।

तर प्रज्वल बाहिर आई एक्कासि रादनसँग ‘किन घर जानु’ ? भनेको भनेर विवाद गर्छन् ।

प्रज्वल अनि उनको साथीहरू प्राय सोही पसलमा र नजिकै रहेको बासको फलैँचामा भेला भई रातको समयमा गाँजा तान्ने त कहिले हुक्का तान्ने गर्दथे ।

विवाद पछि प्रज्वल घर तर्फ हानिन्छन् । १० मिनेटपछि प्रज्वल अभिषेक केसी र अभिषेक पौडेल लिएर रादन बसेको ठाउँ पुग्छन् । प्रज्वलले ‘रादन दाइ बाहिर आउनु’ भनेर बोलाउँछन् ।

नभन्दै बाहिर मात्र निस्किएका रादनमाथि तीन जनाको समूहले सिधै आक्रमण गर्न थाल्छन् । सोही क्रममा प्रज्वलले साथमा ल्याएको धारिलो छुराले गर्दन र छातीमा प्रहार गर्छन् । रादन त्यति ढल्छन् । तर पनि छेउमै रहेको दाउरा उठाएर उनीमाथि प्रहार भइरहन्छ ।

लगतै अमित घिमिरे, लक्ष्मण गुरुङ र अनिल दाहालले झगडा छुट्याउछन् र रादनलाई तरहराकै नितान्त पोलिक्लिनिक पुर्याउछन् तर अवस्था गम्भीर भएपछि रादनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुराउँछन् । तर रादनको उपचारको क्रममा मृत्यु हुन्छ ।

GHatna Sthal प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रादनको छुरा प्रहारबाट गर्दन पछाडिको भागमा गहिरो चोटका कारण मृत्यु भएको जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले हत्यामा संलग्न तीनै जना पक्राउ परेपछि उनीहरूको प्रारम्भिक बयानबाट सामान्य विषयलाई ‘इगो’ बनाइ घटना घटाएको बताए ।

छिमेकी भएको नाताले रादनले प्रज्वललाई यस अघि पनि गाँजा सेवन गरेको देखेर सम्झाएका थिए । उनीहरू बिच यस अघि कुनै विवाद थिएन । बेलाबखत सबै जना सोही पसलमा सँगै खाजा समेत खाने गर्दथे । त्यस दिनभने प्रज्वल नासामा रहेका कारण घटना भएको हुन सक्ने श्रेष्ठको अनुमान छ ।

‘तीनै जनालाई मङ्गलवार म्याद थप हुन्छ’ उनले भने ‘त्यसपछि सबैको बयान लिने र थप अनुसन्धान सुरु हुन्छ’ । घटनामा प्रयोग भएको छुरा र दाउरा समेत बरामद भइसकेको उनले बताए ।

२१ घण्टापछि पक्राउ

घटनाको अनुसन्धानको लागि इटहरीका डिएसपी धर्मराज भण्डारीको नेतृत्वमा टिम परिचालित भएको थियो । जसमा १ नम्बर प्रदेश प्रहरीको रिजनल इन्भेष्टिगेशन टिम (रिट) समेत सहभागी भएको थियो । घटना लगतै तीनै जना फरार भएपछि दबाबमा परेको प्रहरीको टोलीले विभिन्न कोणबाट खोजतलासको काम गरिरहेको थियो ।

तीन जना मध्ये एक जनाको अन्तिम कल लोकेसन उत्तरी मोरङ तर्फ देखाएपछि टोली त्यस तर्फ खोजतलासको लागि हिँडेको थियो ।

घटना हुन साथ तीनै जना कृषि फारमको बाटो हुँदै मोरङ प्रवेश गरेका थिए । त्यही अन्तिम लोकेसनको आधारमा प्रहरी मोरङको गछिया, तिनपैनी, केराबारी, डाँगी हुँदै सलकपुर र बेलबारीसम्म खोजतलासमा जुटेका थियो ।

नभन्दै प्रहरीलाई उनीहरू सुनसरी मोरङको बुढी खोला आसपास देखिएको भनेर सूचना आउँछ । तत्कालै प्रहरीको टोलीले उनीहरूलाई बुढी खोलाको सडक किनारबाट नियन्त्रणमा लिन सफल हुन्छ ।

Hateyar घटना घटेको २१ घण्टा अर्थात् सोमबार साँझ ६ बजे उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो । इटहरीका डिएसपी धर्मराज भण्डारीका अनुसार लुकिछिपी हिँड्दै गरेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको बताए ।

‘घटनापछि उनीहरू हिँडेरै मोरङ कटेको सूचना हामीसँग थियो, त्यहि अनुरूप हाम्रो सिभिल टोली परिचालित थियो’ उनले भने ‘पछि बुढी खोला आसपास देखिएको सूचनाको आधारमा तीनै जना पक्राउ परेका हुन्’ । उनीहरू एक साथीको घरमा लुक्न जाँदै गरेको अवस्थामा पक्राउ गरेको भण्डारीको दाबी छ ।

 

सम्बन्धित समाचारहरु

कोरोना सम्बन्धी नक्क ...

कोरोनाको महामारीमा कतिपय सूचना पनि घातक हुनसक्छन् । कोरोना संक्रमितको सम्पर्कमा गएकोले तपाई सामाजिक ...

आइजिपीलाई प्रधानमन्त ...

नेपाल प्रहरी अपराध अनुसन्धान र नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने मुल दायित्व ब ...

सङ्खुवासभा पहिरो : ह ...

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवामा आइतबार गएको पहिरोका कारण पीडित परिवारलाई प्रदेश १ सरकारले ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved