बेलबारी घटना : बीभत्स भिडियो पोस्ट गर्नेलाई खोज्दै मोरङ प्रहरी

alt
  • जेठ १८, २०७७
  • अपराध न्यूज

मोरङस्थित बेलबारीमा १५ जेठमा आमाको हत्यापछि छोराले आत्महत्या गदै गरेको बीभत्स भिडियो सामाजिक सञ्जालमा फैलिएपछि मोरङ प्रहरीले त्यस्ता भिडियो अपलोड गर्नेलाई कारबाही सुरु गरेको छ ।

जसमा घटना हुँदाको समयमा भिडियो खिच्ने चार जनालाई नियन्त्रणमा लिई सम्झाइ बुझाई छाडिएको छ । यस्तै उक्त भिडियो युटुव र फेसबुकमा पेजमा हाल्नेहरूको विवरण तयारी गरी उनीहरूको खोजी भइरहेको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले भिडियो सामाजिक सञ्जालमा फैलाउने केहीको विवरण निकालिएको बताउँदै उनीहरूको खोजीका लागि अन्य जिल्लाका प्रहरीसँग समन्वय भइरहेको बताए । 

‘दुई जनाले विदेशमा बसेर सो भिडियो युटुवमा हालेको भेटियो, धरानमा एक जनाको खोजी भइरहेको छ’ उनले भने ‘बाँकी केही फेसबुक पेज र युटुवले आफै हटाएको पाइयो’ ।

गला रेट्दै गरेको भिडियोका कारण सर्वसाधारणमा त्रासको माहोल बनाउने कार्य भएको भन्दै उनले त्यस्ता भिडियो सेयर र नहेर्न आग्रह गरे ।

अन्य केही पेजमा भएका सो भिडियो हटाउनको लागि प्रहरीको केन्द्रीय साइबर ब्यूरोको समेत सहकार्य भइरहेको प्रहरी निरीक्षक ढकालले अपराध न्यूजलाई जानकारी दिए । घटना लगतै सो भिडियो सामाजिक सञ्जालमा फैलिएपछि प्रहरी प्रधान कार्यालयको समेत ध्यानाकर्षण भएको थियो ।

यो पनि : 

बेलबारी घटना : गला रेट्दै गरेको भिडियो खिच्ने र पोष्ट गर्नेलाई कारबाही हुने

बेलबारी घटना : प्रहरी हिरासतबाट निस्केको केही घण्टामै भयो हत्या र आत्महत्या

सम्बन्धित समाचारहरु

बडीगार्ड आत्महत्या प ...

सुनसरी जिल्ला अदालतका न्यायाधीशका बडीगार्ड एवम् प्रहरी हबलदार ओम प्रकाश खतिवडाले गोली हानी आत्महत्या ...

कोरोना सम्बन्धी नक्क ...

कोरोनाको महामारीमा कतिपय सूचना पनि घातक हुनसक्छन् । कोरोना संक्रमितको सम्पर्कमा गएकोले तपाई सामाजिक ...

आइजिपीलाई प्रधानमन्त ...

नेपाल प्रहरी अपराध अनुसन्धान र नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने मुल दायित्व ब ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved