बराहक्षेत्र घटना : रिस फेर्न सालोले मदिरा सेवन गराइ भेनाको गरे निर्मम हत्या

alt
  • जेठ १७, २०७७
  • अपराध न्यूज

सुनसरीको बराहक्षेत्र नगरपालिका ३ स्थित जमुना गाछीमा शुक्रवार मृत भेटिएका ३७ वर्षीय कमल राईको उनकै सालो पर्नेबाट हत्या भएको अनुसन्धानबाट खुलेको छ ।

राईको हत्या गर्ने बराहक्षेत्र ३ कै सालो पर्ने गणेश लिम्बु र उनको साथी प्रदीप राजधामी पक्राउ परेका छन् ।

हत्याको कारण भने पाँच महिना अघि सालो गणेशलाई कमलले सामान्य कुटपिट गरेको विषय रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले अपराध न्यूजलाई जानकारी दिए । हत्या गर्ने गणेश कमलको दोस्रो श्रीमतीमध्ये जेठीको पट्टिको सानिमाको छोरा भएको उनले बताए ।

‘सामान्य विषयमा सालो भेनाबिच विवाद रहेछ’ उनले भने ‘त्यही रिसमा बिहीबार रातीसँगै मदिरा सेवन गरेर सालोले अर्को एक साथीको मद्दतले कमलको निर्मम हत्या गरेका हुन्’ ।

कमल राती ८ बजे एक्लै घर फर्किरहेको अवस्थामा गणेशले बाटोमा भेटाइ मदिरा सेवन गर्न लगेको र पछि ११ बजे नडाहको एकान्त मकै बारीमा लगेर असारेको काठको लाठीले टाउको र अनुहारमा प्रहार गरी कमलको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी थापाले बताए ।

गणेश र प्रदिपलेनै कमलको हत्या गरी बराहक्षेत्र ३ जमुना गाछीमा नयाँ खोलिएको प्लटिङमा फालेको प्रहरी निष्कर्षमा पुगेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दुबैजनालाई लुकेको अवस्थामा विभिन्न स्थानबाट पक्राउ गरेको हो । दुवै जनाले कमलको हत्या गरेको स्वीकार गरिसकेको महेन्द्रनगरका प्रहरी निरीक्षक शरणकुमार दाहालले जानकारी दिए । सालो पर्ने गणेशले कुटपिट भए देखिनै कमलमाथि बदला लिने योजना बनाएको देखिन्छ, त्यस रात पनि पूर्व योजना अनुसार मदिरा सेवन गराई एकान्त ठाउँमा लगेर अनुहार नचिन्ने गरी लाठीले प्रहार गरी हत्या गरेको देखियो ।

कमल झापा दमक बस्ने भए पनि विगत छ महिनादेखि उनी ससुराली घर भरौलीमा बस्दै आएका थिए । कमल छ महिना अघि मात्र मदिरा ओसारपसार गरेको अभियोगमा जेलबाट निस्केर ससुरालीमा बस्दै आएको बताइएको छ ।

पक्राउ परेका दुवैलाई कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलाइने दाहालले बताए । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलन गरी दुवैलाई सार्वजनिक गर्ने जनाएको छ ।

 

 

सम्बन्धित समाचारहरु

कोरोना सम्बन्धी नक्क ...

कोरोनाको महामारीमा कतिपय सूचना पनि घातक हुनसक्छन् । कोरोना संक्रमितको सम्पर्कमा गएकोले तपाई सामाजिक ...

आइजिपीलाई प्रधानमन्त ...

नेपाल प्रहरी अपराध अनुसन्धान र नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने मुल दायित्व ब ...

सङ्खुवासभा पहिरो : ह ...

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवामा आइतबार गएको पहिरोका कारण पीडित परिवारलाई प्रदेश १ सरकारले ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved