झगडागर्दा ट्याक्टरले किचेेर इटहरीमा करङ भाँचियो

alt
  • जेठ १४, २०७७
  • अपराध न्यूज

मापसे सेवन गरि झगडा गर्ने क्रममा इटहरीमा ट्याक्टरले किचेर एकजना गम्भीर घाइते भएका छन् । इटहरी १९ पटेरूवामा सोमबार साँझ ट्याक्टरले किच्दा इटहरी १९ बस्ने कमल बस्नेतको करङ भाचिएको हो ।
उनलाई ट्याक्टरमा धकेल्ने इटहरी १८ का जयबहादुर तामाङ र ट्याक्टर चालक बिजय चौधरी पक्राउ परिसकेका छन् ।

सगै मापसे सेवन गरेका बस्नेत र तामाङ बिच बाटोमा विवाद भएको थियो ।

त्यतिकैमा सोही बाटोमा गुडिरहेको को १ त ५४१३ ट्याक्टरमा बस्नेत परेका थिए । उनलाई तामाङले ट्याक्टर तर्फ धकेलेको इटहरी प्रहरीले जनाएको छ ।

बस्नेतको विराटनगरस्थित विराट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु

बडीगार्ड आत्महत्या प ...

सुनसरी जिल्ला अदालतका न्यायाधीशका बडीगार्ड एवम् प्रहरी हबलदार ओम प्रकाश खतिवडाले गोली हानी आत्महत्या ...

कोरोना सम्बन्धी नक्क ...

कोरोनाको महामारीमा कतिपय सूचना पनि घातक हुनसक्छन् । कोरोना संक्रमितको सम्पर्कमा गएकोले तपाई सामाजिक ...

आइजिपीलाई प्रधानमन्त ...

नेपाल प्रहरी अपराध अनुसन्धान र नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने मुल दायित्व ब ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved