चोरहरूको नयाँ दाउ, टाउकोमा खरबुजाको मुकुण्डो

alt
  • जेठ ११, २०७७
  • अपराध न्यूज

चोरका अनेक शैली हुन्छन् । तर बढी बाठो बन्न खोज्दा कहिलेकाहीँ नराम्रोसँग फस्छन् चोरहरू ।अमेरिकाको भर्जिनियामा एउटा यस्तै घटना भएको छ ।

भर्जिनियामा एउटा पसल लुट्नका लागि अनौठो पहिरनमा दुईजना चोरहरू पसलमा छिरे ।

शनिबार लुइसा पुलिस विभागले फेसबुकमा ती दुई चोरको फोटो सार्वजनिक गर्‍याे । त्यसपछि चोरको त्यो फोटो भाइरल बन्यो सामाजिक सञ्जालमा ।

पुलिसका अनुसार ती दुई चोरहरू एक कालो रङको टोयोटा ट्रक चढेर आएका थिए र ट्रकबाट ओर्लिएर पसलभित्र लुट्नका लागि छिरेका थिए ।

ट्रकबाट ओर्लिंदा नै उनीहरूले अनुहारमा खरबुजाको मुकुण्डो लगाएका थिए । ती चोरहरूले ह्यालोविन पर्वमा जस्तै खरबुजाको बोक्रामा आँखाको प्वाल बनाएर मुकुण्डो लगाएका थिए ।

खरबुजाको मुकुण्डो लगाएका ती दुई चोरहरू पसलमा लुट्नका लागि छिर्नुअघि पसलअगाडि उभिएर फोटोसमेत खिचाएका थिए । रातको साढे ११ बजे उनीहरू पसल लुट्नका लागि भित्र छिरेका थिए ।

पुलिसले फेसबुकमा सार्वजनिक गरेको चोरहरूको तस्वीर भाइरल बनेसँगै हजारौँ मानिसहरूले लाइक तथा कमेन्ट गरे । एकजना फेसबुक प्रयोगकर्ताले त चोरी हुनुभन्दा केही घण्टा अगाडिको भन्दै ती दुईजना चोरको तस्वीर नै कमेन्टमा पोष्ट गरिदिए । त्यो तस्वीरमा समेत ती दुई चोरहरूको पहिरन उस्तै थियो ।

प्रहरीले सोही तस्वीरसमेतको आधारमा ती दुई चोरहरूलाई पक्राउ गर्न सफल भयो । गत मे ६ का दिन चोरी भएकोमा गत शनिबार ती चोरहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
एजेन्सी

सम्बन्धित समाचारहरु

किन छाड्दै छन् जागिर ...

३० वर्ष सेवा अवधि सकेर अनिवार्य अवकाश लिई सकेपछि सेवा सुविधा लिन भनेर  हेडक्वार्टर गएँ। त्यहाँ& ...

झापामा पुरुष बलात्का ...

झापाको कनकाई नगरपालिका–७ स्थित बिरीङ नदीको लुकुनी खाडीमा शनिवार दुई जना पुरुष मिलेर एक पुरुषला ...

अवैध गोरु तस्करीमा प ...

लोड गरेर लैजाँदै गरेको अवस्थामा तीनवटा ट्रकसहित प्रहरीले मोरङबाट तस्करीका ६७ वटा गोरु मंगलबार नियन्त ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved