पैसा मागेको निहुँमा दुई छोराले बुवाको हत्या गरी घरमै गाडे पछि...

alt
  • जेठ ८, २०७७
  • अपराध न्यूज

गत शनिवार रोहित चौहान (जेठो छोरा) कामबाट फर्किए। त्यत्तिकैमा माइलो नागेन्द्र पनि दाजु र बुवा बस्ने घरमा आइपुगे ।५५ वर्षीय बुवा सिताराम चौहानले घरमा चामल तेल किन्न रोहितसँग केही रकम मागे । तर रोहितले आइतबार मात्र काम गरेर कमाएको पैसाले कपडा र जुत्ता किनेका थिए ।

त्यत्तिकैमा रोहितसँग सितारामको विवाद सुरु भयो। विवादले उग्र रूप लिएपछि रक्सीको नसामा रहेका रोहितले सिधै खाट छेउमा रहेको फरुवाले बुवाको टाउकोमा प्रहार गरे । सिताराम त्यही ठाउँको ठाउँ ढले ।

बाबुको मृत्यु नै भएपछि घटनाका बारेमा बाहिर कोही कसैले थाहा नपाउन् भनेर घर भित्रै गाड्ने सल्लाह दाजु–भाईले गरे ।

पछि माइलो छोरा नागेन्द्र समेत मिलि सोही फरुवाले कोठा भित्रै करिब दुई फिट गहिरो खाडल खनेर बुवालाई पुरिदिए । दुवैले बुवाको शवलाई तन्नाले बेरेर गाडेका थिए ।

छोराहरूले सितारामको हत्या राति गरे पनि शव भने आइतबार बिहान उज्यालो भएपछि मात्रै गाडेको पाइएको प्रहरीले जनाएको छ। त्यसबिचमा शवलाई कसरी व्यवस्थापन गरेर घटनालाई लुकाउन सकिन्छ भन्ने सल्लाह दाजु–भाईबीचमा भएको पाइएको छ। 

प्रहरीका अनुसार आफ्नो डेरामा आइरहने ससुरा सिताराम धेरै दिनदेखि नआएपछि बुहारी (नागेन्द्रकी श्रीमती) जेठाजु रोहित र ससुरा बस्ने घरमा बुधवार पुगेकी थिइन्। ससुरा र जेठाजुलाई नदेखेकी उनले घर भित्र खनेको देखेपछि त्यो कुरा श्रीमान् नागेन्द्रलाई सुनाइन्। त्यसपछि घरका झ्याल ढोका सबै खुल्ला राखेर बुवा र दाजु बेपत्ता भएको भन्दै नागेन्द्र आफै प्रहरी कार्यालयमा पुगेका थिए। 

घटना भएको ४ दिनपछि बुधवार माइला छोरा नगेन्द्र आफै इलाका प्रहरी कार्यालय रानी पुगेर बुवा बेपत्ता भएको भनेर प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीलाई उनले घर भित्र खाल्डो समेत भेटिएको जानकारी दिएका थिए । तर प्रहरी अगाडी थाहा न पाएको झैँ गर्ने नगेन्द्र आफै बुवाको हत्यामा संलग्न भएको प्रहरी अनुसन्धानले देखाउँछ ।

घटना शनिवार राति ८:३० बजेतिर भएको प्रहरीले बताएको छ । 

सितारामका तीन छोरामध्ये जेठो रोहितसँग आफ्नै घरमा बस्दै आएका थिए। माइलो छोरो नागेन्द्र बिहे गरेर श्रीमतीसहित विराटनगर–१५ मा डेरामा बस्थे। प्रहरीकाअनुसार तीन वर्षदेखि बेपत्ता रहेका कान्छो छोरो सोमकुमार परिवारको सम्पर्कमा छैनन्। जेठो र माइलो दुवै छोरा ज्याला मजदुरी गर्छन्।

बाबुको हत्यामा संलग्न दाजु–भाइ विरुद्ध भने कर्तव्य ज्यान मुद्दा चलाइने छ ।

 

सम्बन्धित समाचारहरु

भोजपुरमा वडाध्यक्षद् ...

साल्पासिलिछो गाउँपालिका-१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय एक वृद्धमाथि निर्घात कुटपिट गरेक ...

मोरङमा लागुऔषध कारोब ...

लागूऔषध भण्डार गरेर कारोबार भइरहेको अबस्थामा प्रहरीले कारोबारीलाई नियन्त्रणमा लिने क्रममा मोरङको बूढ ...

कोरोनाको जोखिम न्यून ...

लकडाउन खुलेसंगै झापाको बिर्तामोडमा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय अनारमनी ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved