विराटनगरमा आफ्नै घरमा गाडिएको अवस्थामा भेटिए एक पुरुष

alt
  • जेठ ७, २०७७
  • अपराध न्यूज

मोरङको विराटनगरमा एक घर भित्र गाडिएको अवस्थामा शव भेटिएको छ । विराटनगर महानगरपालिका १४ झटियारीस्थित विष्णुपुर मा.बिको छेउमा रहेको सत्यराम चौहानको घर भित्र शव भेटिएको हो ।

शव सत्यरामकै भएको प्रहरीले पुष्टि गरेको छ । ५५ वर्षीय सत्यराम माइला छोरा रोहित चौहानसँग बस्दै आएका थिए ।विराटनगर बजारमा बस्ने कान्छा छोरा नगेन्द्रले बुवा बजार नआएपछि उनको खोजी गर्दा घर भित्र दुर्गन्ध आएपछि शव कोठाको भुईँमा गाडेको अवस्थामा भेटाएका थिए ।

प्रहरीले शव उत्खनन गरी पोस्टमार्टमको लागी पठाएको छ । मृतकका दुवै छोरालाई अनुसन्धानको लागि प्रहरी कार्यालयमा लगिएको छ ।

घटनाको प्रकृति हेर्दा हत्या गरी गाडिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले माइला छोरामाथि शङ्का गरेको र सोधपुछ भइरहेको जनाएको छ । 

Saaba

 

सम्बन्धित समाचारहरु

आजदेखि सेना परिचालन ...

विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजना अन्तर्गत बुधबारदेखि सेना परिच ...

अपहरण भएको ३२ वर्षपछ ...

एक चिनियाँ दम्पतीले सन् १९८८ मा एउटा होटेलबाट अपहरणमा परेका आफ्ना छोरासँग ३२ वर्षपछि पुनर्मिलन गर्न ...

ताप्लेजुङका दुई अधिक ...

डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत मंगलबार बेलुका पक्राउ परेका छन् । अख्तियार द ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved