नेपाल र भारतको १५ वटा मर्डर केशमा ‘वान्टेड’ अपराधी सुनसरीबाट पक्राउ

alt
  • जेठ ७, २०७७
  • अपराध न्यूज

नेपाल र भारतका विभिन्न जिल्लाको प्रहरीको ‘वान्टेड’ सूचिमा रहेका अपराधी सुनसरीबाट पक्राउ परेका छन् । उनलाई मङ्गलवार साँझ सुनसरीको भोक्राहबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको विशेष टोलीले हतियार सहित पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा सप्तरी कंकालिनी नगरपालिका १४ का ३६ बर्षीया 'कृश' नामबाट चिनिने कृष्ण कुमार यादव हुन । उनलाई भारतीय नम्बर प्लेट बिआर ५० पी १२४१ को स्कारपियो सहित प्रहरीले पक्राउ गरेको थियो ।

उनको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने तीन राउन्ड गोली बरामद गरिएको छ । यस्तै उनको गाडीबाट लागु औषध समेत बरामद भएको छ ।

Sv यादव सप्तरी र सुनसरी प्रहरीको वान्टेड सूचिका अपराधी हुन् । यस्तै उनी भारतको विहार राज्यको सुपौल जिल्लाको प्रहरीको पनि वान्डेट अपराधी भएको बताइएको छ ।

भारतको सुपौल जिल्लामा अघिल्लो मार्चमा १२ जनाको हत्याको केशमा यादवको पनि संलग्नता देखिएपछि उनलाई भारतीय प्रहरीले खोजी गरिरहेको थियो । उनको भारतमा अन्य केही अपराधीक केश चलिरहेको बताइएको छ । 

विहारकै कुनै एक जिल्लामा ‘जेलब्रेक’ गरी भागेका केही भारतीय अपराधीलाई यादवले नेपालमा संरक्षण दिएको भारतीय प्रहरीको आरोप छ ।

२०६३ को मधेस आन्दोलनको समयमा सुनसरी र सप्तरीको तीन वटा मर्डर केशमा यादवको संलग्नता भएको प्रहरीको रेकर्ड छ । दुई जिल्लामा हत्या गरी भेटिएका बिभिन्न व्यक्तिको शवको अनुसन्धान गर्दा यादवको कनेक्सन रहेको प्रहरीको रेकर्डमा उल्लेख छ । जसमा केही भारतीय नागरिकको पनि हत्या भएको थियो ।

उनीमाथि हातहतियार, लागुऔषध कारोबारी, अपहरण तथा फिरौती जस्ता जघन्य अपराधको ‘योजनाकार’ समेत भएको प्रहरी ठम्याई छ ।

स्रोतका अनुसार यादवले भारतीय सीमासँग जोडिएका सुनसरी र सप्तरी जिल्लाका प्रशासन लेवलका मान्छेहरूलाई सीमामा हुने तस्करी र बिभिन्न ठेक्कापट्टाको ‘सेटिङ’ मिलाउने गर्दथे ।

उनको आपराधिक पृष्ठिभुमी हेर्दा मधेस आन्दोलन अघि यादव मधेस मुक्ति टाइर्गसका सुनसरी इज्र्चाज हुन् । उनले त्यस समय पैसाको लागि अपहरण गरी फिरौती उठाउने गर्दथे । फिरौती नदिएको अवस्थामा यादव समूहले गोली हानी हत्या गरेको भन्दै सुनसरी र सप्तरी प्रहरीमा त्यस समय केही मुद्दा दर्ता भएको प्रहरी बताउँछ ।

cc मङ्गलवार हतियार सहित पक्राउ परेका यादवले नेपालमा कसैबाट फिरौती उठाउने योजना बनाउँदै गरेको सूचनाको आधारमा पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापा बताउँछन् । 

‘यादवको क्राईम रेकर्डको फेहरिस्ता निकै लामो छ’ उनले भने ‘पछिल्लो समय उनी ठेकेदारको परिचयमा कसैबाट फिरौती उठाउने योजनामा थिए, तर उनी असफल भए’ ।

यादवको विषयमा भारतीय प्रहरीसँगको समेत समन्वयमा थप अनुसन्धान हुने थापाले अपराध न्यूजसँग बताए । यादव पक्राउ परेसँगै उनिबाट पीडित भएका केही व्यक्ति सम्पर्कमा आएको एसपी थापाले जानकारी दिए ।

'यादवमाथि लागेका आरोपको प्रमाणहरू अध्यान गरिरहेका छौ' थापाले भने ।

कोसी प्रोजेक्टमा हलचल

दुई देशको वान्टेड सूचिमा रहेका यादव दुई महिना यता कोसी नदीको तटबन्ध बनाउने कामको ठेकेदारको रूपमा सुनसरीमा देखिएका हुन् । भारतीय सरकारले लगाउने ठेक्कामा प्राय कोसी तटबन्धको काम भारतीय कम्पनिलेनै गर्ने गर्छ । तर यादव पछिल्लो दुई महिनादेखि ठेकेदारको रूपमा आएपछि कोसी प्रोजेक्टमा काम गर्नेहरूमा हलचल छाएको स्रोत बताउँछ ।

अरबौँ रकमको ठेक्का चल्ने कोसी क्षेत्रमा रहेका केही ठेकेदारलाई उनले ज्यान मार्ने धम्की दिएको बताइएको छ । भारतीय बजेट भए पनि काम भने नेपाली भूभागमा हुने कोसी नदीमा यादवले आफ्नो प्रभाव जमाउनकै लागी केही ठेकेदार र नेपाली जनप्रतिनिधिलाई धम्की दिएको स्रोत बताउँछ ।

प्रहरीको नजरबाट बच्न यादव प्राय सीमा क्षेत्रको लेकेशनमा बस्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

पक्राउ लगतै छुटेका थिए यादव

सुनसरीका तत्कालीन एसपी यज्ञबिनोद पोखरेलको पालामा पनि यादव पक्राउ परेका थिए । तर उनलाई पक्राउ परेको भोलि पल्टै छाडिएको थियो । डेढ महिना अघि यादवलाई के केशमा पक्राउ गरिएको थियो र छाडियो भन्ने विषयमा प्रहरीले कुनै कुरा खुलाउन मानेको छैन ।

यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्मा नेतृत्वको टोलीले सुनसरीको कुनै शङ्कास्पद ठाउँबाट पक्राउ गरेका थिए । तर उनी भोलि पल्टै छाडिए ।

उनी छाडिएको विषयमा सुनसरीका केही जनप्रतिनिधिले तत्कालीन एसपी पोखरेललाई गुनासो समेत गरेका थिए । वान्टेड सूचिमा रहेका यादव पक्राउ परेको भोलि पल्ट छाडिनुले त्यस समय जिल्ला प्रहरी कार्यालय सुनसरीको नेतृत्वमाथि शङ्का गरिएको थियो ।

सम्बन्धित समाचारहरु

आजदेखि सेना परिचालन ...

विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजना अन्तर्गत बुधबारदेखि सेना परिच ...

अपहरण भएको ३२ वर्षपछ ...

एक चिनियाँ दम्पतीले सन् १९८८ मा एउटा होटेलबाट अपहरणमा परेका आफ्ना छोरासँग ३२ वर्षपछि पुनर्मिलन गर्न ...

ताप्लेजुङका दुई अधिक ...

डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत मंगलबार बेलुका पक्राउ परेका छन् । अख्तियार द ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved