लकडाउनमा कमाऊ धन्दा : ६० रुपैयाँको मदिरालाई मिसावट गरी ३५० मा बिक्री

alt
  • जेठ ६, २०७७
  • अपराध न्यूज

जिल्ला प्रहरी कार्यालय मोरङलाई विराटनगर ११ स्थित न्यू.डी.एन ट्रेडर्समा नक्कली मदिरा बेच्ने गरेको ‘टिप्स’ सूचना आउँछ । लकडाउनको कहरमा सबै पसल बन्द भएको अवस्थामा यस्तो सूचना प्राप्त हुन साथ मोरङका एसपी विश्व अधिकारीले सो पसलको निगरानी बढाउन प्रहरी खटाउँछन् ।

पसलका सञ्चालकलाई रगेहात पक्राउ गर्न त्यस एरियाको प्रहरी चौकी बखरीलाई निर्देशन दिन्छन् । बखरी प्रहरी चौकीका इन्चार्ज असई गणेश कार्कीको टिम पसल आसपास परिचालित हुन्छ ।

नभन्दै निगरानीमा रहेको न्यू.डी.एन ट्रेडर्सको पछाडिको भागबाट एक व्यक्ति झोलामा सामान बोकेर बाहिरी निस्कँदै गरेको भेटिन्छन् । कार्कीको सिभिल टोलीले तत्कालै ती व्यक्तिलाई नियन्त्रणमा लिन्छ । व्यक्तिको साथमा रहेको झोला खोतल्दा केही मदिराका खाली बोतल बरामद हुन्छ ।

सेवन गरिसकेका खाली बोतल किन बोकेको भन्दै ती व्यक्तिलाई कार्कीले प्रश्न गर्छन् । ‘घरमा सजाउनको लागि लगेको’ भन्ने उनको जवाफ आउँछ ।

जवाफ दिने व्यक्ति अरू कोही नभई न्यू.डी.एन ट्रेडर्सका सञ्चालक श्रवण मुखिया हुन्छन् । अपडेटमा बसेका एसपी अधिकारीको टोली मुखिया प्रहरी नियन्त्रणमा आउन साथ पसलमै पुग्छ ।

प्राप्त भएको टिप्सको भेरिफाई गर्न एसपी आफै खटिएपछि बन्द न्यू.डी.एन ट्रेडर्सको पछाडिको भाग गोदाममा छापा मारिन्छ । नभन्दै बन्द कोठा भित्र यत्रतत्र छरिएका विभिन्न ब्रान्डका मदिराका खाली र तयार भइसकेका बोतल काटनका काटन भेटिन्छन् ।

22 कोठाको थप खानतलासी गर्दा आन्तरिक राजस्व कार्यालयको नक्कली अन्तःशुल्क स्टिकर, विभिन्न कम्पनीको लेवलिङ पेपर, बियर र वाइनका बोतल समेत बरामद हुन्छ ।

अन्ततः एसपी अधिकारीलाई आएको टिप्स सही साबित हुन्छ ।

बरामद स्थलको प्रकृति हेर्दा मुखियाले पछाडिको भाग गोदामसँगै नक्कली रक्सी बनाउने मिनी उघोग बनाइएको हुन्छ ।त्यसपछि मुख्य पसल खोलेर हेर्दा बेच्न राखिएका सबै नक्कली मदिरा एकै ठाउँमा बरामद हुन्छ ।

प्रहरी नियन्त्रणमा रहेका सञ्चालक मुखिया रातोपिरो हुन्छन् र नक्कली मदिरा बनाउने गरेको स्विाकार्छन । त्यसपछि मुखिया आफै नक्कली मदिरा बनाउने आइडियाको प्रहरी अगाडी बेलिबिस्तार लगाउँछन् ।

‘एक वर्ष अघिदेखि पसल सञ्चालन गरेको हु । ऋणबाट उक्सिन यस्तो उपाय लगाए । लकडाउनमा पनि खोलिरहेको छु । ग्राहक आउँछन्, खरिद गरेर लैजान्छन् । मिसाउने पदार्थ बजारबाटै ल्याउँछु । केही रक्सी अन्य पसलमा पनि सप्लाई गर्छु सर’ ।

नक्कली अन्तःशुल्क स्टिकर

प्रहरीका अनुसार मुखिया आफैले फुर्सदको समयमा घर र गोदाममा नक्कली मदिरा बनाउने गरेका थिए । उनले लोकल बजारमा पाउने कम गुणस्तरको मदिरामा स्प्रीट प्रयोग गर्ने र चलेका ब्रान्डको खाली बोतलमा नक्कली लेवलिङ गरी अन्य मदिरा हालेर बेच्ने गरेका थिए ।

बिक्री गर्दा ग्राहकले चाल नपाओस् भनेर उनले नक्कली अन्तःशुल्क स्टिकर समेत टाँसेर कम्पनीकै झैँ दुरुस्त बोतल बनाउने गरेका छन् ।

प्रहरीले उनको अवैध गोदामबाट सबैभन्दा बढी सिग्नेचर नाम गरेको मदिराको बोतल बरामद गरेको छ । जुन नेपाली बजारमा चलेको ब्रान्ड हो । सिग्नेचरको बोतलमा उनले बजारमा पाइने लोकल स्प्रीट र अन्य सस्तो मदिरा मिसावट गर्ने गरेका छन् । त्यस्तै गोल्डेन ओक नाम गरेको मदिरामा पनि मुखियाले मिसावट गरेका छन् ।

मोरङका एसपी विश्व अधिकारीले ६० रुपैयाँ पर्ने मदिरालाई मिसावट गरेर ३५० मा बिक्री गर्ने गरेको जानकारी दिए ।

‘मिसावटयुक्त मदिरा मानव स्वास्थ्यको लागि अत्यन्त घातक हुन्छ’ उनले भने ‘यस्तै रक्सी सेवनबाट विश्वमा धेरैले ज्यान गुमाएका छन्’ । यसले राजस्व छली गरेको समेत देखिन्छ ।

44 विराटनगर महानगरपालिका वडा नं.६ बस्ने मुखियाले विराटनगर महानगरपालिका वडा नं.११ स्थित बसपार्कको उत्तर पट्टी रहेको योजित प्रधानको घरमा कोठा भाडा लिएर यस्तो धन्दा गरेको एसपी अधिकारीले बताए ।

उनको घरबाट पनि केही काटुन् मिसावट मदिरा बरामद गरिएको छ ।  प्रहरीले उनको घर र पसलबाट विभिन्न ब्रान्डका ५३० नक्कली मदिरा र खाली बोतल बरामद गर्न सफल भएको छ । मुखियालाई भने थप अनुसन्धानको लागी आन्तरिक राजस्वको कार्यालय पठाइएको जनाइएको छ ।

 

 

सम्बन्धित समाचारहरु

आजदेखि सेना परिचालन ...

विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजना अन्तर्गत बुधबारदेखि सेना परिच ...

अपहरण भएको ३२ वर्षपछ ...

एक चिनियाँ दम्पतीले सन् १९८८ मा एउटा होटेलबाट अपहरणमा परेका आफ्ना छोरासँग ३२ वर्षपछि पुनर्मिलन गर्न ...

ताप्लेजुङका दुई अधिक ...

डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत मंगलबार बेलुका पक्राउ परेका छन् । अख्तियार द ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved