भयानक नरसंहार, जहाँ सय दिनमै मारिए ८ लाख मानिस

alt
  • जेठ ६, २०७७
  • अपराध न्यूज

विश्व इतिहासमा कतिपय यस्ता आम नरसंहारका घटना भए जो इतिहासको पानामा रक्तरञ्जित छन् र सायदै कहिल्यै बिर्सिएलान् ।

आजभन्दा करीब २५ वर्षअगाडि एउटा यस्तै भयानक नरसंहार भएको थियो । केवल १ सय दिनसम्म चलेको उक्त नरसंहारमा करिब ८ लाख मानिसको ज्यान गएको थियो ।

इतिहासकै सबैभन्दा भीषण नरसंहारको रूपमा चित्रित गरिने उक्त नरसंहार कसरी सुरु भयो भन्ने कुरा पनि निकै नै डरलाग्दो छ ।

उक्त भयानक नरसंहार अफ्रिकी मुलुक रुवाण्डामा भएको थियो । सन् १९९४ मा रुवाण्डाका राष्ट्रपति जुवेनल हाबयारिमाना र बूरुण्डीका राष्ट्रपति सिप्रेनको हत्या भयो । ती दुई राष्ट्रपति चढेको हवाइजहाजमै आक्रमण गरिएको थियो । राष्ट्रपतिहरुको हत्या गर्ने उक्त हवाइ हमला कसले गरेको हो ? भन्ने चाहिँ अहिलेसम्म पनि खुलेको छैन । तथापि, यसमा रुवाण्डाका हुटू अतिवादीहरुको हात रहेको बताउने गरिएको छ भने कतिपयले रुवाण्डाको प्याट्रिएक फ्रन्टले उक्त आक्रमण गरेको बताउँछन् ।

वास्तवमा दुवै राष्ट्रपति हुटू समुदायका थिए । त्यसैले पनि हत्यामा प्याट्रिएक फ्रन्टको हात रहेको हुटू अतिवादीहरुको आरोप थियो । तर फ्रन्टले भने नरसंहारको बहाना बनाउनका लागि हुटू विद्रोहीले नै हत्याकाण्ड गरेको आरोप लगायो ।

सोही हत्याकाण्डपछि तुत्सी र हुटू समुदायबीच जातीय युद्ध भयो, जुन नरसंहारमा बदलियो ।

७ अप्रिल १९९४ मा सुरु भएर १ सय दिनसम्म चलेको उक्त नरसंहारमा हुटू समुदायले तुत्सी समुदायमाथि क्रूर आक्रमण गरेको थियो । हुटू समुदायका मानिसहरुले तुत्सी समुदायका आफ्ना छिमेकी, आफन्त तथा आफ्नै पत्नीहरुको समेत हत्या गरेका थिए । साथै हुटू समुदायका पुरुषहरुले तुत्सी समुदायका धेरै महिलाहरुलाई यौन दासीसमेत बनाए ।

उक्त हिंसामा तुत्सी समुदायका मानिसहरुले समेत हुटू समुदायमाथि आक्रमण गरे । जसका कारण हुटू समुदायका हजाराै‌ं मानिसको ज्यान गयो ।

मानव अधिकारवादी संस्थाहरूका अनुसार, रुवाण्डाको सत्या हत्याएसँगै रुवाण्डा प्याट्रिएक फ्रन्टका लडाकुहरुले हुटू समुदायमाथि आक्रमण गरेर हजारौँको हत्या गरेका थिए ।

रुवाण्डा नरसंहार समाप्त भएको आठ वर्षपछि सन् २००२ मा एक अन्तर्राष्ट्रिय अपराध अदालत गठन भयो उक्त नरसंहारका दोषीहरुलाई सजाय दिनका लागि । तर पनि उक्त अदालतले दोषीलाई सजाय दिन सकेन । त्यसपछि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले तान्जानियामा एक अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनल गठन गर्यो । उक्त इजलासले रुवण्डा नरसंहारमा केही मानिसहरुलाई दोषी ठहर गर्यो र सजाय सुनायो ।

उता रुवाण्डामै पनि दोषीहरू पत्ता लगाइ सजाय दिनका लागि सामाजिक अदालत बनाइएको थियो ।

तर मुद्दा चलाउनु अगाडि नै करीब १० हजार मानिसको जेलमै मृत्यु भैसकेको बताइन्छ ।

उक्त जातीय नरसंहारको घटनापछि रुवाण्डाले ठूलो शिक्षा लिएको पाइन्छ । अहिले रुवाण्डामा जातीय समुदायमा विद्वेष फैलाउने गरी बोल्नुलाई समेत गैरकानुनी मानिन्छ र सजायको व्यवस्था गरिएको छ । अर्थात् स-साना घटनाले समेत पुनः जातीय द्वन्द्व फैलिन सक्ने सम्भावनाप्रति रुवाण्डा सचेत छ ।
एजेन्सी

सम्बन्धित समाचारहरु

आजदेखि सेना परिचालन ...

विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजना अन्तर्गत बुधबारदेखि सेना परिच ...

अपहरण भएको ३२ वर्षपछ ...

एक चिनियाँ दम्पतीले सन् १९८८ मा एउटा होटेलबाट अपहरणमा परेका आफ्ना छोरासँग ३२ वर्षपछि पुनर्मिलन गर्न ...

ताप्लेजुङका दुई अधिक ...

डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत मंगलबार बेलुका पक्राउ परेका छन् । अख्तियार द ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved