औषधी व्यवसायी दुलालको हत्या भएको निष्कर्ष, श्रीमती शङ्कामा

alt
  • जेठ ४, २०७७
  • अपराध न्यूज

विराटनगरमा शङ्कास्पद मृत्यु भएका इटहरी १२ का ३३ वर्षीय देवीप्रसाद दुलालको दाहसंस्कार गरिएको छ । आइतबार साँझ पोस्टमार्टम गरिएपछि उनको शव इटहरी ल्याइ बुढी गङ्गा मुक्ति घाटमा दाहसंस्कार गरिएको हो ।

परिवार स्रोतका अनुसार दुलालको हत्या भएको दाबी गरिएको छ । उनको आँखा र टाउकोको भागमा रगत जमेको बताइएको छ। पोस्टमार्टम रिर्पाेट अनुसार दुवै भागमा रगत जम्नुको साथै घाँटी र शरीरका अन्य केही भागमा चोटको डाम भेटिएको कारण हत्या भएको निष्कर्षको साथ प्रहरीले अनुसन्धान गरिरहेको परिवार स्रोतले बताएको छ ।

'दुलालमाथि भारी बस्तुले प्रहार भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ' एक आफन्तले भने 'कसले र के कारणले घटना भयो प्रहरीले त्यस विषयमा जानकारी दिएको छैन' ।

Sasakr प्रहरी स्रोतका अनुसार अनुसन्धानका लागि राखिएका तीन जना मध्ये दुई जनालाई छाडिएको र श्रीमतीलाई भने अनुसन्धानमै रहेको जनाइएको छ ।

प्रहरीले बिहान मृतकका श्रीमती मिना श्रेष्ठ दुलाल, छिमेकी कल्याण राजवंशी र अर्का औषधि व्यवसायी धनबहादुर काफ्लेलाई नियन्त्रणमा राखेको थियो । तीनै जनाले मृतकलाई बिहान ३ बजे कोसी अस्पताल पुराएका थिए ।

प्रहरीको अनुसन्धान श्रीमती केन्द्रित भएको बताइएको छ । दुलाल औषधी व्यवसायी हुन । उनले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नाम दिएर औषधिको डिलर सञ्चालन गर्दै आएका थिए ।

यस अघि : 

विराटनगरमा इटहरीका औषधी व्यवसायी दुलालको शङ्कास्पद मृत्यु

 

सम्बन्धित समाचारहरु

आजदेखि सेना परिचालन ...

विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजना अन्तर्गत बुधबारदेखि सेना परिच ...

अपहरण भएको ३२ वर्षपछ ...

एक चिनियाँ दम्पतीले सन् १९८८ मा एउटा होटेलबाट अपहरणमा परेका आफ्ना छोरासँग ३२ वर्षपछि पुनर्मिलन गर्न ...

ताप्लेजुङका दुई अधिक ...

डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत मंगलबार बेलुका पक्राउ परेका छन् । अख्तियार द ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved