विराटनगरमा इटहरीका औषधी व्यवसायी दुलालको शङ्कास्पद मृत्यु

alt
  • जेठ ४, २०७७
  • अपराध न्यूज

इटहरी १० घर भई हाल बिराटनगरमा औषधी व्यवसायी गर्ने ३३ वर्षीय देवीप्रसाद दुलालको शंकास्पद मृत्यु भएको छ । उनको शव आइतबार बिहान डेरामा भेटिएको हो ।

दुलाल विराटनगर महानगरपालिका– १० मधुमारामा डेरामा बस्दै आएका थिए ।  मोरङ प्रहरीले घटना शंकास्पद बताउँदै अनुसन्धान सुरु गरेको छ ।

शव पोष्टमार्टमका लागि कोशी अस्पताल पठाएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । ‘शरीरमा चोट पनि भएकाले घटना शंकास्पद छ,’ उनले भने, ‘पोष्टमार्टमपछि थप विषय खुल्छ ।’

देवी माँ पाथीभरा फर्मा चलाउँदै आएका उनी राति सुतेकै अवस्थामा बेहोस अवस्थामा भेटिएको भन्दै उनलाई श्रीमती र अन्य साथीले बिहान ३ बजे कोशी अस्पताल पुर्‍याइएका थिए ।

दुलालको नाक, हात, घाँटी र आँखाको डिलमा चोट देखिएको प्रहरीले बताएको छ । शरीरको अन्य भागमा पनि चोट जस्त डामहरू देखिएको प्रहरीले बताएको छ ।

घटनाको प्रकृति हेर्दा उनको स्वभाविक मृत्यु नभइकन हत्या भएको हुनसक्ने आशंका भएकाले अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु

इटहरीमा ७९ वर्षीय वृ ...

घाँस काट्न गएका एक वृद्ध बिहीबार मृत अवस्थामा भेटिएका छन् । इटहरी ७ स्थित बज्राहमा सोही स्थान बस्ने ...

राउडिजमले चोर्‍यो टि ...

डिथ्री अनलाइन संचालन गरिरहेको परिकला मिडिया प्रालिको आयोजनामा भैरहेको 'टिकटक तिज क्विन-२०७७'को प्रोम ...

यी हुन प्रदेश १ प्रह ...

गत कार्तिकमा उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँमा १३ वर्षीया बालिका एल्जिना खड्काको सामुहिक बलात ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved